ममता आतंकले उग्ररुप लियो,गोर्खाल्याण्ड आन्दोलनका नेता भटाभट समातिदै, एउटै नेतालाई २५ वटासम्म मुद्धा



पश्चिम बंगाल सरकरले गोर्खाल्याण्ड आन्दोलनको अग्रमोर्चामा रहेका गोर्खा जनमुक्ति मोर्चाका नेताहरुलाई पक्रन थालेको छ । आन्दोलन दमनका लागि पश्चिम बंगाल सरकारले निगरानीमा राखेका २३ भन्दा बढी मोर्चाका नेता मध्ये तल्लो तहका नेताहरुलाई पक्रन सुरु गरेको हो । भारतीय प्रहरीले पूर्व सभासद नर्वुजी लामालाई शुक्रबार मध्यरातमा सिलिगुडीबाट पक्राउ गरेको गोर्खा जनमुक्ति मोर्चाकी महिला नेतृ निरा शर्माले जानकारी दिइन् ।

उनले पश्चिम बंगाल सरकारको निशानामा दोस्रो र तेस्रो तहका नेताहरु पर्न थालेको भन्दै आफुहरु पनि असुरक्षित बन्दै गएको बताइन् । पश्चिम बंगाल सरकारले लामालाई भानु भवनमा आक्रमण गरेको सहितका २५ मुद्दा लगाएको छ । लामालाई शनिबार नै जिल्ला अदालत सिलिगुडीमा उपस्थित गराइएको छ । मोर्चाको सुकुना पानीघट्टा क्षेत्रका अध्यक्ष रमेश श्रेष्ठको घरमा पनि प्रहरी र सेन्ट्रल रिजर्भ पुलिस फोर्स (सिआरपिएफ) को समुहले खानतलासी गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् । श्रेष्ठले तृणमुल काँग्रेसका स्थानीय नेताको सुराकीमा खानतलासी भएको आरोप लगाएका छन् । अहिलेसम्म ११ जनाले ज्यान गुमाई सकेको गोर्खाल्याण्ड आन्दोलनमा २५ भन्दा बढी घाइतेको अवस्था चिन्ताजनक छ ।

यस विषयमा खास गम्भिर नदेखिएको पश्चिम बंगाल सरकारले मोर्चा विरुद्ध चालेको अर्को कदमलाई गम्भिरताका साथ लिएको नेतृ शर्माले बताइन् । १६ दिन देखि अनशनमा बसेका १२ जना युवाको अवस्था चिन्ताजनक बनेपनि पश्चिम बंगाल सरकारले उनीहरुको जीवन रक्षाका लागि वास्ता नगरेको विद्यार्थी मोर्चाका प्रवक्ता सन्दिप क्षेत्रीले आरोप लगाएका छन्

प्रतिक्रिया दिनुहोस
‘गुगल’ले आज २५ औं वार्षिकोत्सव मनाउँदै

  ‘गुगल’ले आफ्नो सञ्चालनको २५ औं वार्षिकोत्सव मनाउँदैछ। गुगलले आज विशेष डुडलका साथ

मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

  एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको

चीन गए क्रिकेटर सन्दीप लामिछाने

  क्रिकेटर सन्दीप लामिछाने एसियाली खेलकुद (एसियाड) का लागि चीनतर्फ लागेका छन् ।

चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने

  चीन सरकार नेपालीलाई रेल सम्बन्धी तालिम दिन तयार भएको छ । प्रधानमन्त्री