भरतपुर १९ मा कांग्रेसले जित्यो,२० मा के हुदैछ?



भरतपुर महानगरपालिका वडा नम्बर –१९ मा नेपाली कांग्रेस प्यानल नै विजयी भएको छ । अध्यक्षमा कर्ण गुरुङसहित प्यानल नै विजयी भएका हुन् ।
भरतपुर १९ मा दलित महिला सदस्यमा चुन्चा परियार, खुला सदस्यमा जयनारयण सापकोटा, दोर्ण गुरुङ, महिला सदस्यमा साधना पराजुली वियजी भएका छन् । भरतपुर १९ मा हिजो पुनः निर्वाचन भएको थियो ।

पुनः निर्वाचन भएपनि नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल २२१ ले अन्तरले पछाडी छिन् । अब वडा नम्बर २० को मत गन्न बाँकी रहेको छ ।२० को प्रारम्भिक नतिजामा रेणु पछाडी परेकी छिन।
पहिलो चरणको मतगणनाका क्रममा गएको जेठ १४ गते राती माओवादी प्रतिनिधिले मत्रपत्र च्यातेका थिए । मतपत्र च्यातिएसँगै रोकिएको वडा नं १९ को मतगणना फेरि मतदानपछि सुरु गरिएको हो ।
मतगणनास्थललाई सुरक्षित र व्यवस्थित बनाइएको छ । मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेका अनुसार कुनै किसिमको समस्या आउन नदिनका लागि मतगणनास्थलमा तीन वटा र बाहिर दुई वटा सिसी क्यामेरा जडान गरिएको छ । मतगणनास्थलमा दलका प्रतिनिधि बस्ने स्थानमा तारजाली पनि लगाइएको छ । भरतपुर महानगरपालिका–१९ मा हिजो भएको मतदानमा ७५ प्रतिशत मत खसेको छ । जम्मा ३७९७ मतदाता रहेको भरतपुर–१९ मा २८८७ मत खसेको हो ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेको बयान सकियो

  पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

एनपीएल विजेता जनकपुर बोल्ट्सका खेलाडीलाई नगर परिक्रमा

    नेपाल प्रिमियर लिग (एनपीएल) फर्स्ट सिजनका च्याम्पियन जनकपुर बोल्ट्सका खेलाडीहरूलाई आज

तीन विश्वविद्यालयका उपकुलपतिले लिए सपथ

    प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरुले आज पद

आजको विदेशी मुद्राको विनिमय दर कति छ हेर्नुहोस्

  नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।