भरतपुरमा ७५ प्रतिशत मत खस्यो, रेणुका २०० मतदाता कसरी भए गायब



स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्तर्गत् शुक्रबार भएको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुन भएको मतदानमा करिव ७५ प्रतिशत मत खसेको छ। शुक्रबार बिहानबाट सुरु भएको मतदानमा ७५ प्रतिशत मत खसेको चितवनका जिल्ला निर्वाचन अधिकृत हरि प्रसाद ढकाल जानकारी दिए । उनका अनुसार कुल ३७९५ मतदाता रहेको वडा नम्बर १९ मा २८७१ मत खसेको जानकारी दिए।

ढकालले राजनीतिक सहमति भए आजदेखि नै मतगणना सुरु गर्ने तयारी भर्इरहेको पनि बताए । पहिलो चरणमा भएको निर्वाचनको मत गणना भइरहेको बेला मतपत्र च्यातिए पछि मतगणना स्थगित भएको थियो । निर्वाचन आयोगले पुन निर्वाचन गराउने निर्णयको पक्षमा सर्वोच्च अदालतले फैसला सुनाए पछि शुक्रबार बिहानै बाट महानगरपालिकाको वडा नम्बर १९ मा मतदातामा उत्साह जनक सहभागिता रहेको थियो ।

शुक्रबार भएको वडा नम्बर–१९ र २० नम्बर वडाको मतगणना बाँकी हुँदा ज्ञवाली दाहालभन्दा ७ सय ३३ मतले अगाडि छन् । कम मत खस्दा देवीलाई भन्दा रेणुलाई बढी घाटा छ । कारण, उक्त वडा काँग्रेस मतदाताको संख्या अधिक भएको क्षेत्र हो । एमाले नेता कृष्णभक्त पोखरेल नै उक्त वडामा ७० प्रतिशतभन्दा बढी मतदाता काँग्रेस समर्थक रहेको स्वीकार गर्छन् । मतको अनुपातलाई आधार मान्ने हो भने दुई सय मत नखस्दा देवीको भन्दा रेणुकै मत कम खसेको हुन आउँछ । एमालेले भने आफ्ना मतदातालाई घरघरमै गएर गाडी, मोटरसाइकल र साइकलमा पनि ओसारेको थियो ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय