नेपालमा अब ७७ जिल्ला बनाइने,प्रदेश र केन्द्रको निर्वाचन एकै चरणमा गर्न दलहरु सहमत



कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले प्रदेश र केन्द्रिय संसदको निर्वाचन एकै चरणमा गर्ने तयारी भैरहेको खुलासा गरेका छन् ।
नवनियुक्त मन्त्री थापाले यस्तो खुलासा गरेका हुन् । उनले भने,“सबै दलहरुवीच सहमति हुने अवस्था छ, त्यसैले प्रदेश र केन्द्रिय संसदको निर्वाचन एकै चरणमा गर्नेगरि हामीले तयारी गरिरहेका छौं।”
निर्वाचन क्षेत्र निर्धारण आयोग हालै गठन भएको छ । आयोगले काम गरिरहेको छ । तर मन्त्री थापाले नेपालको जिल्ला अब ७७ पुग्ने दाबी गरेका छन् ।
त्यस्तै उनले निर्वाचनको लागि चाहिने सबै ऐन तथा कानूनहरु अहिले निर्माण भैरहेको समेत जनाए । मन्त्री थापाले निर्वाचन आयोगलाई चाहिने सबै कानुन तथा ऐनहरु समयमै उपलब्ध गराउने समेत प्रतिबद्धता जनाए ।
मन्त्री थापाका अनुसार उनले स्थानीय तहका जनप्रतिनिधिहरुलाई चाहिने सेवा तथा सुविधा सम्बन्धी कानून समेत चाँडै उपलब्ध गराउने र मुलुकी ऐन २०१९ समेत संशोधन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने

  चीन सरकार नेपालीलाई रेल सम्बन्धी तालिम दिन तयार भएको छ । प्रधानमन्त्री

ब्रेक शु भित्रको सुन निकालियो

  नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु

पहिरो फुट्दा कागबेनीमा बाढी

  पहिरो फुट्दा कागबेनीमा बाढीले क्षति गरेको पाइएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका(४ कागबेनी

एलओडी क्लबका दुई सञ्चालक नाबालिग बलात्कार घटनामा पक्राउ पुर्जी जारी

  १६ वर्षीया नाबालिगको ललितपुरमा बलात्कार भएको घटनामा प्रहरीले लर्ड अफ ड्रिंक्स (एलओडी)