सुराकी गर्ने प्रहरीनै सुन तस्करीमा, चिफसाबले किन कसेनन् पाता ?



सशस्त्रका सइ सञ्जीव मानन्धरलाइ गलत काममा लाग्ने व्यक्ति र निकायको सुराकी गर्न सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटाएको थियो। तर तिनै मानन्धरनै गलत काममा लागेको फेला परेको छ। उनी सुन तस्करीमा मुछिएपछि सिंगो सशस्त्रभित्र हंगामा मच्चिएको छ ।

गएको सोमबार दुई किलो सुन तस्करीमा मानन्धर मुछिएका छन । यो घटना संगै सशस्त्रको सिंगो संयन्त्रमाथि नै प्रश्नचिन्ह खडा भएको छ ।
सइ मानन्धर समातिएपछि सशस्त्र प्रहरीभित्र आफूहरुको बदनाम हुने काम भएको भन्दै सशस्त्रका अधिकृतस्तरका प्रहरीहरु यस्तो कार्यलाई निरुत्साहित गर्नुपर्ने भन्दै फिल्डमा उत्रिएका छन् । र उनलाई उन्मुक्ती दिन नहुनेमा आवाज उठाएका छन।

सशस्त्रले यो घटनापछि विमानस्थलमा खटिएको पूरै टिमलाई नै हटाउन थालेको स्रोतले बताएको छ ।
सशस्त्र प्रहरी बल अन्तर्गतको सुरक्षा महाशाखाबाट सूचना संकलनका लागि विमानस्थलमा खटिएका सइ सञ्जीव मानन्धरको झन्डै आठ वर्षदेखि सरुवा भएको छैन । उनलाई संगठन प्रमुखको आशिर्बाद भएको बुझिएको छ।

लामो समयदेखि एकै व्यक्तिलाई विमानस्थलमा सुराकीका रूपमा राख्नु नै संगठनको लापरवाही भएको निष्कर्षमा सशस्त्र प्रहरीको उच्च निकाय पुगेको छ ।
यो महाशाखाका इन्चार्ज डीएसपी गोपी चन्द हुन् । महाशाखा प्रमुखमा एसएसपीको दरबन्दी रहे पनि पहुँचका आधारमा चन्दले जिम्मेवारी सम्हाल्दै आएको स्रोतको दाबी छ । एसएसपी हुनुपर्नेमा दुई तह कमको डीएसपी राखिनु पर्ने कारण के प र्‍यो यसको जवाफ अब सशस्त्र नेतृत्वले दिनुपर्ने चर्को दबाब बढेको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय