असन्तुष्ट नेतालाइ जुटाउन राजपा जुट्यो,भारतीय राजदूतको उक्साहटमा किन अलग देशको कुरा उठ्यो ?



६ वटा मधेशी दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा चर्किएको द्वन्द्व मथ्थर पार्न पार्टी संयोजक महन्थ ठाकुर जुटेका छन। पार्टी एकीकरण पछि असन्तुष्ट बन्दै आएका नेता संग आज ठाकुरले वार्ता गरेका छन।आज विहान विजुलीबजारस्थित तराई मधेश लोकतान्त्रिक पार्टीको पुरानो कार्यालयमा वार्ता भएको हो ।

एकीकरणमा आफुहरुलाई उचित स्थान नदिएको भन्दै अन्तुष्ट बन्दै आएका नेता हृदेयश त्रिपाठीसहितका नेताहरु वार्तामा थिए । वार्तामा नेता सर्वेन्द्रनाथ शुक्ला र बृजेश गुप्ता पनि सहभागी भएको बुझिएको छ ।

दिउँसो ११ बजेदेखि पदाधिकारी बैठक हुनुअघि ठाकुर र नेताहरुबीच वार्ता भएको हो । वार्तामा ठाकुरले जारी पदाधिकारी बैठकमा सहभागी हुन आग्रह गरेका थिए । असन्तुष्टहरु कै लागि पदाधिकारी बैठक डाकिएको भन्दै ठाकुरले बैठकमा सहभागी हुन उनीहरुलाई आग्रह गरेका हुन् । त्रिपाठीसहितका नेताहरु नया पार्टी कार्यालयमा समेत जान मानेका छैनन्। उता राजपा नेपालको बैठकमा सह–महामन्त्री अनिल सिंहले नेपालबाट मधेसलाई छुट्याएर अलग राष्ट्र बनाउन लाग्नु पर्ने बताएका छन्। राजपाका नेताहरुले केहि दिन अघी भारतीय राजदूतलाइ भेटेका थिए। सिंह भारतीय राजदूत निकट मानिन्छन।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय