सरकारले डिआइजी सिलवाललाइ बर्सायो डण्डा,एसएलसीका बोर्ड सेकेन्डलाइ देउवाले दिए झन्डा



सरकारले ११ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले बढुवा समितिको सिफारिसअनुसार ११ जनालाई एआइजीमा बढुवा गरेको हो ।

बढुवा हुनेमा क्रमश बमबहादुर भण्डारी, जयबहादुर चन्द, देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमलसिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्टलाई छन् ।
डीआईजी नवराज सिलवालको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले उनलाई एआईजीमा बढुवाका लागि सिफारिस गरिएको थिएन । उनी एक नम्बर डीआईजी वरीयताका हुन् । तर उनी अब डीआईजी बाटै घर जाने छन। त्यस्तै सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थशास्त्री डा.स्वर्णिम वाग्लेलाई नियुक्त गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले वाग्लेलाई उपाध्यक्षमा नियुक्त गरेको हो । उनी २०४६ सालको एसएलसीका बोर्ड सेकेन्ड पनि हुन्

प्रतिक्रिया दिनुहोस
ब्रेक शु भित्रको सुन निकालियो

  नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु

पहिरो फुट्दा कागबेनीमा बाढी

  पहिरो फुट्दा कागबेनीमा बाढीले क्षति गरेको पाइएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका(४ कागबेनी

एलओडी क्लबका दुई सञ्चालक नाबालिग बलात्कार घटनामा पक्राउ पुर्जी जारी

  १६ वर्षीया नाबालिगको ललितपुरमा बलात्कार भएको घटनामा प्रहरीले लर्ड अफ ड्रिंक्स (एलओडी)

प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता

    प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेट