भारतीय राजदूतको खान्कीले फुट्ने भयो राजपा, चुनाब अगाडीनै नयाँ पार्टी घोषणा गर्न को-को भए राजी



हिजो भारतीय दूतावासमा भतेर खाएका राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुले आज पदाधिकारी बैठक सुरु गरेका छन । राजपाको केन्द्रीय समितिको साउन २१ गतेदेखि सुरु हुने बैठकअघि आजदेखि पदाधिकारी बैठक बसेको हो । यो बैठकले चुनाबमा सहभागी हुने निर्णय गर्ने भएको छ।

राजपा स्रोतका अनुसार राजदूत मंजीवसिंह पुरीले २ असोजको स्थानीय निर्वाचनमा सहभागी भएर जान सुझाब दिएका थिए । मंगलबार बिहान ९ देखि १० बजेसम्म भएको भेटमा महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारी, महेन्द्र राय यादव र अनिल झा सहभागी थिए । राजकिशोर यादव भने दूतावास गएका थिएनन् ।

राजपाको पदाधिकारी बैठक बस्नुअघि केन्द्रीय कार्यालय औपचारिक रूपमा उद्घाटन गरिएको छ । उद्घाटनमा पनि राजपाका पाँचजना शीर्ष नेता मात्रै सहभागी थिए । राजकिशोर थिएनन् । स्थानीयत तहको निर्वाचनमा सहभागी हुने नहुने भन्नेमा राजपामा दुई मत छ । संविधान संशोधन विधेयक पारित नभए पनि चुनावमा जान सकिने एउटा धार छ भने अर्को धार संशोधन पारित नहुँदासम्म सहभागी नहुने अडानमा छ । शरतसिंह भण्डारी, महेन्द्र राय यादव, अनिलकुमार झा, हृदयेश त्रिपाठी, सर्वेन्द्रनाथ शुक्ल, बृजेशकुमार गुप्तालगायतका नेताहरू चुनावको पक्षमा छन् । तर राजकिशोर यादब भने भित्र भित्रै अर्कै पार्टी गठन गर्ने तयारीमा होमिएका छन। श्रोतका अनुसार यादबले चुनाब अगाडीनै नया पार्टी घोषणा गर्दैछन।

प्रतिक्रिया दिनुहोस
‘गुगल’ले आज २५ औं वार्षिकोत्सव मनाउँदै

  ‘गुगल’ले आफ्नो सञ्चालनको २५ औं वार्षिकोत्सव मनाउँदैछ। गुगलले आज विशेष डुडलका साथ

मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

  एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको

चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने

  चीन सरकार नेपालीलाई रेल सम्बन्धी तालिम दिन तयार भएको छ । प्रधानमन्त्री

ब्रेक शु भित्रको सुन निकालियो

  नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु