गोर्खाल्याण्ड आन्दोलनको फरक रुप,ममता विरुद्ध ब्रा फ्याँकेर गरियो विरोध



हाम्रो इकोनोमि

अलग प्रान्त गोर्खाल्यान्डका आन्दोलनकारीले अनौठा-अनौठा आन्दोलनका कार्यक्रम सुरु गरेका छन् । केही दिनअघि मिरिकका आन्दोलनकारी नाङ्गो शरीरमा आफैंलाई पेटीले पिटेर सरकारविरुद्ध प्रतिकात्मक आन्दोलन गरेका थिए । खुकुरी जुलुसजस्ता अन्य विरोधका कार्यक्रम जारी रहेकै बेला कालिम्पोङका आन्दोलन महिलाहरुले मंगलबार सरकारविरुद्ध भित्री वस्त्र (व्रा) फ्याँकेर विरोध प्रदर्शन गरे ।

ब्रा बोकेर आएका सयौं महिला आन्दोलनकारीको जुलुसलाई सुरक्षाकर्मीले जिल्लापालको कार्यालय अघि रोकेको थियो । त्यही उनीहरुले ब्रा फ्याँकेर विरोध प्रदर्शन गरेका थिए । अनिश्चितकालीन बन्दको ५० दिन बित्न लाग्दा पनि केन्द्र र राज्य सरकारले चासो नदिएको रोस महिला आन्दोलनकारीले पोखेका थिए । मुख्य मंत्री ममताको बिरोधमा ब्रा जुलुस निकालिएको हो।

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनले गर्‍यो सीमा व्यापार सुरु

    भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै परम्परागत सीमा व्यापार औपचारिक...

अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...