अलग प्रान्त गोर्खाल्यान्डका आन्दोलनकारीले अनौठा-अनौठा आन्दोलनका कार्यक्रम सुरु गरेका छन् । केही दिनअघि मिरिकका आन्दोलनकारी नाङ्गो शरीरमा आफैंलाई पेटीले पिटेर सरकारविरुद्ध प्रतिकात्मक आन्दोलन गरेका थिए । खुकुरी जुलुसजस्ता अन्य विरोधका कार्यक्रम जारी रहेकै बेला कालिम्पोङका आन्दोलन महिलाहरुले मंगलबार सरकारविरुद्ध भित्री वस्त्र (व्रा) फ्याँकेर विरोध प्रदर्शन गरे ।
ब्रा बोकेर आएका सयौं महिला आन्दोलनकारीको जुलुसलाई सुरक्षाकर्मीले जिल्लापालको कार्यालय अघि रोकेको थियो । त्यही उनीहरुले ब्रा फ्याँकेर विरोध प्रदर्शन गरेका थिए । अनिश्चितकालीन बन्दको ५० दिन बित्न लाग्दा पनि केन्द्र र राज्य सरकारले चासो नदिएको रोस महिला आन्दोलनकारीले पोखेका थिए । मुख्य मंत्री ममताको बिरोधमा ब्रा जुलुस निकालिएको हो।