अख्तियारले सुमार्गी तर्फ सोझ्यायो हतियार,प्रचण्डको थैली लुकाईदिने अजय बन्दैछन् यसरी मतियार



अख्तियार दुरुपयोग अनुशन्धान आयोगले चर्चित व्यापारी अजय सुमार्गीको अकुत सम्पत्तिमाथि छानबिन सुरु गर्ने भएको छ। यसबारेमा आयुक्तहरुको आज गोप्य बैठक बसेको छ । स्रोतका अनुसार अख्तियार आयुक्तहरुको बैठकले पहिलो हिट लिष्टमा सुमार्गीलाई राखेको छ । र तत्काल छानबिन थाल्ने निर्णय गरेको छ। सुमार्गीमाथि राजश्व छलेको, अकुत सम्पती देखिएको र उक्त सम्पत्तिको कुनै स्रोत नखुलेको आयोगको ठम्याई छ । त्यस्तै सुमार्गीपछि अख्तियारले अब ठूला माछामाथि पनि आँखा लगाउने भएको छ । सुमार्गीपछि पनि अन्य उद्योगपतिहरुदेखि नेताहरुसम्म अख्तियारको आँखामा मार्क भैसकेकाले उनीहरुसमेत फन्दामा तानिने स्रोतको दाबी छ ।

त्यस्तै सुमार्गीले नेपाल भित्र्याउन खोजेको तीन अर्ब रुपैयाँ चारवर्षदेखि बैंकमा थन्किएको छ । नेपाल राष्ट्र बैंकले त्यसको स्रोतबारे प्रश्न उठाएको र सुमार्गीले खुलाउन नसकेकाले रकम निकाल्न नसकेका हुन् । सुमार्गीले ब्रिटिस भर्जिन आइल्यान्ड र साइप्रसबाट उक्त रकम भित्र्याउन खोजेका थिए । दुवै मुलुक लगानी बाहिर लान र ल्याउन सहज ‘ट्याक्स हेभन’का रूपमा परिचित छन् ।

कर छलीमार्फत गैरकानूनी रूपमा आर्जन गरेको रकम उनले भित्र्याउन खोजेको शंका राष्ट्र बैंकको छ ।
यता अख्तियारले आयल निगमको जग्गा खरिदमा करोडौं रुपैयाँ अनियमितता भएको भन्दै त्यसमापनि छानबिन गर्ने भएको छ। त्यस्तै बुढीगण्डकी परियोजनाबारेपनि अख्तियारले विशेष छानबिन अघि बढाउने भएको छ । हिजो सुशासन समितीको बैठकमा साम्सद हरुले राजनीतिक तहमा हुने अनियमितता छानबिन नगरेको भन्दै अख्तियारको आलोचना गरे पछी अख्तियार तातेको प्रमुख आयुक्त निकट श्रोतले हाम्रो इकोमोमीलाइ बतायो।सुमार्गी प्रचण्डको थैली लुकाउने मतियार पनि हुन्।

प्रतिक्रिया दिनुहोस
कसैको पार्टी टुक्र्याउन खोजे आफैं खाल्डोमा पर्नुहुन्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टी टुक्र्याउनेगरी कुनै कदम

बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने

    बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने तयारी गरेको छ । बुढानिलकण्ठ

एमाले बागमतीमा पुराना जगाऊँ, नयाँ बढाऊँ अभियान

    नेकपा एमाले वाग्मती प्रदेश कमिटीको सचिवालय बैठक सोमबार सम्पन्न भएको छ

घट्यो सेयर कारोबार

  मंगलबार सेयर बजार परिसूचक (नेप्से) ५ अंकले बढेको छ । २६०८ बिन्दुबाट