गन्धे पिठो बेचेर कांग्रेस-एमालेले राज्य चलाए,हामी संग त बासमती चामल छ सबै मिलेर बेच्नु पर्छ भन्दै प्रचण्डले अरु के-के भने?



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रदेश नं. २ मा आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीलाई पहिलो पार्टी बनाउन निर्वाचन अभियानलाई युद्धस्तरमा अगाडि बढाउनुपर्ने बताएका छन ।आफ्नो पार्टी पहिलो बन्ने आधार, पृष्ठभूमि र सम्भावना रहेको समेत उनले बताएका छन । धनुषाको जनकपुरधाममा पार्टी कार्यकर्तालाई प्रशिक्षण दिँदै प्रचण्डले सो कुरा बताएका हुन्।
प्रचण्डले भने, ‘भ्रम चिरियो र सत्य स्थापित भयो भने माओवादीले जित्छ । अरु पार्टीहरुले भ्रमको खेती गरेका छन् । तर, माओवादीले आफूलाई काममा खरो प्रमाणित गरिसकेको छ ।’ अब यसैलाई आधार बनाएर जनमत बाट मधेश कब्जा गर्नु पर्छ- उनको भनाइ थियो।

उनले भने, ‘मधेसी राष्ट्रवाद र पहाडे राष्ट्रवादका नाममा हिटलरहरु जन्मन खोज्दैछन् । उनीहरु एउटा जातिलाई काखी च्यापेर अरु जातिमाथि छुरा हान्न खोजिदैछ । त्यो हामीलाई सह्य छैन ।’ त्यसको परस्त गर्नु पर्ने प्रचण्डको भनाइ थियो।
मधेसी जनताको मुक्तिका लागि १३०० जनाले सहादत गरेको स्पष्ट पार्दै प्रचण्डले मधेसको अधिकारका लागि लड्ने एक मात्र पार्टी माओवादी केन्द्र मात्रै भएको दबी गरे । प्रचण्डले भने, ‘मेरो प्रधानमन्त्रीकाल नै हिमाल, पहाड र तराई मधेसलाई एकताको सुत्रमा बाँध्ने र राष्ट्रिय एकता हासिल गर्ने सफल कार्यकाल हो ।’ प्रचण्डले भने, ‘हामीले बासमति चामल फलायौं । तर, बेच्न नै लगेनौ, घरमै पोको पारेर राख्यौं । तर, प्रतिगामीहरु कुहेको पिठो बोकेर घरघर गए । अब हामी चामल बेच्न घरघर जाऔं । कुहेको किरा परेको कांग्रेस, एमालेको पिठो बिक्न नदिउँ ।’

उनले एमालेलाई मधेसी, जनजातिको अधिकार, संघीयता, गणतन्त्र र नयाँ संविधान मन नपरेको भएपनि बाध्यतावश स्वीकार गरेकाले उनीहरु बलिया भए भने परिवर्तन उल्टाउँने चिन्ता व्यक्त गरे । प्रचण्डले भने, ‘माओवादी फुट्दा जनता रोएका छन् । जनताको त्यत्रो अपेक्षा थियो । तसर्थ, सबै माओवादीमा अब जुट्ने बुद्दि आउनुपर्छ ।’

 

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय