तस्करीको सुनले प्रहरी प्रमुख अर्याललाइ फेरि पोल्यो,कुर्सी पर्यो धराप ,के-के धन्धा गर्दैछन चिफसाब?



पछिल्लो समय नेपाल प्रहरी राजनीतिक दलको भात्री संगठन जस्तो बन्न पुगेको छ । नियम कानुनलाई धोती लगाउँदै दलले आफू अनकुल प्रहरी संगठन चलाउन मनपरि ढंगले सरूवा, बढुवा गर्न थालेका छन् । दलका मै हुँ भन्ने नेताले व्यवसायिक प्रहरीलाई सहिद बनाउँदै चाकडी र चाप्लुसी गर्नेलाइ प्रोत्साहन गर्ने गरेको प्रहरीको सरूवा बढुवा सुचीबाटै पुष्टि हुन्छ । तत्कालिन समयमा डिआईजीद्वय नवराज सिलवाल र जयबहादुर चन्दको लडाँईको कारण आईजीपी बन्न सफल प्रकाश अर्याल यति खेर फेरि तनावमा छन् ।

चन्दसँग सहमति पश्चात आईजी बनेका अर्याल अहिले एक नम्बरमा एआईजी सिफारिस भएका बमबहादुर भण्डारीको कारण हच्किन पुगेका छन् । आफ्नो कार्याकाल पूर्ण रूपमा पूरा गर्न चन्दलाई बढुवा सूचीको दुई नम्बरमा धकेल्न सफल भएका आईजी अर्याल एक नम्बर एआईजी भण्डारीसँग त्रसित हुन थालेका छन् । चन्दलाई एक नम्बरमा आईजी बनाउँदा कुनै पनि दिन आफ्नो कुर्सी धरापमा पर्ने संकेत देखा परेपछि पूर्वआईजी उपेन्द्रकान्त अर्याल, गृहसचिव र आईजी अर्यालको योजनामा चन्दलाई दुई नम्बरमा बढुवा गरिएको थियो ।

गृहमन्त्री जर्नादन शर्मालाई कार्यसम्पादन मूल्याकङमा चन्द भण्डारी भन्दा पछाडी रहेको जानकारी गराउँदै दुई नम्बरमा धकेल्न सफल भएका थिए । अर्याल एण्ड कम्पनीले चाहेको भए बढुवा समितीबाट दिने नम्बर बढाएर चन्दलाई एक नम्बर एआईजी बनाउन सक्थ्यो । तर चन्द्रसँग त्रसित अर्याल एण्ड कम्पनीले चन्दलाई दोस्रो र भण्डारीलाई पहिलो बनाउन पाए कार्यकाल भरी आफ्नो कुर्सी सुरक्षीत रहने सपना बोकेका थिए । तर एआईजी बढुवा सूचीमा भण्डारी एक नम्बरमा पर्न साथ भण्डारीलाई आईजी बनाउन एउटा ठूलै समुह लागेको छ । आईजी बढुवामा खासै चासो नदेखाएका डिआईजी भण्डारी एआईजी बढुवा सूचीसँगै आईजीको सपना देख्न थालेका हुन् । व्यवसायिक छवि बनाएका भण्डारी आईजी अर्याल भन्दा संगठन भित्र उत्कृष्ट प्रहरी अफिसरका रूपमा चिनिन्छन् ।

चार बर्ष अघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तस्करीमा भित्रिएको ३५ केजी सुन बरामद गरेको थियो । सो सुनकाण्डको चर्चामा रहेका व्यक्ति अर्याल अहिले प्रहरी संगठनका प्रमुख छन् । ब्युरोले २०७० असार २५ मा कोटेश्वरबाट बरामद गरेको ३५ किलो अवैध सुनमा वास्तविक सुराकीलाई पाखा लगाई नक्कली सुराकी खडा गरेर कमिशन हड्ब्न खोजेको आरोप छ । उक्त मुद्दा लेखा समिती हुदै अख्तियार पुगेर थन्किएको छ । लेखा समितीका तत्कालीन अध्यक्ष जर्नादन शर्माले अर्याललाई अनुसन्धान गरी कारवाही गर्न फाईल अख्तियार दुरूपयोग अनुसन्धान आयोग पठाएको थियो । तर अर्याल एण्ड कम्पनीको अनुरोधमा ठूलै डिल पश्चात तत्कालिन आयुक्त लोकमान सिंह कार्कीले उक्त फाईल तामेलीमा राखेका थिए । तर अहिले पूर्ब आईजी उपेन्द्रकान्त अर्याल संग रिसाएका अख्तियार प्रमुख दिप बस्न्यातले उक्त सुन काण्डको फाईल रि ओपन गर्न सम्बन्धीत फाँटलाई आदेश दिई सकेको स्रोतको दाबी छ ।

सुराकीबापतको रकम नपाएको र नक्कली सुराकी खडा गरेको भन्दै भन्दै तत्कालिन समयमा सुनका सुराकीले बिभिन्न निकाएमा उजुरी दिएका थिए । उक्त उजुरी अन्तमा लेखा समिती पुगेको थियो । यदि सो काण्डबारे अख्तियारले पुनः अनुसन्धान शुरू गरे प्रहरीको डिस्कोर्स बद्लिन सक्ने अनुमान गर्न थालिएको छ ।

प्रहरी संगठनमा पनि राम्रो काम गर्न नसकेको र सुराकी खर्चमा समेत अन्यायपूर्ण काम गरेको भन्दै सो फाइल अनुसनधानको क्रममा अघि बढे प्रकाश अर्यालका लागि दूभाग्य सावित हुने अख्तियार स्रोतले जनाएको छ । यदि अख्तियारले उजुरीमाथि छानवीन गरी अभियोग लगाए उनी निलम्बनमा पर्नेछन् ।

उनी निलम्बनमा परेपछि आइजीपी हुने पालो स्वतः बमबहादुर भण्डारीको आउनेछ । स्मरण रहोस बमबहादुर भण्डारी प्रधानसेनापति राजेन्द्र क्षेत्रीका नजिकका आफन्त पनि हुन । अन्य प्रतिस्पर्धीहरू विभन्न राजनीतिक शक्ति केन्द्र धाउदा पनि भण्डारी भने कही कतै नधाइ बसेका छन । उनी प्रहरीमा शक्ति केन्द्र नधाउने अधिकृत भएकाले होला प्रधानसेनापति क्षेत्रीले सहानुभुति राख्ने गरेकन छन् । अख्तियारले प्रकाश अर्यालको यो विषय मात्र होइन ३० हजार जुत्ता खरिद काण्डको भुक्तानीको विषयमा समेत छानवीन गर्ने भएकाले पनि उनका लागि सुखद दिन नहुनसक्छ । त्यसकारण बमबहादुर भण्डारीका लागि आइजीपी पद चिठठा नपर्ला भन्न सकिन्न ।

अख्तियारमा सिन्धुपाल्चोकका पदबहादुर थापा लगायतले पुन सो मुद्धा हेराइ न्याय पाउ भनी उजुरी हालिसकेको हुनाले पनि पुरानो फाइल खोल्न सकिने स्रोतले दावी गरेको छ । तत्कालिन समय सिन्धुपाल्चोकको तातोपानी नाकाबाट कन्टेनरमा फल्स बटम बनाई काठमाडौं ल्याइएको ३५ किलो सुन सुराकीका आधारमा ब्युरोका प्रहरीले कोटेश्वरमा पक्राउ तथा बरामद गरेको थियो । त्यो बरामदीपछि सुराकीबापत पाइने झन्डै १ करोड ७७ लाख रूपैयाँमा ब्युरो र सुराकीबीच विवाद सुरू भएको हो । यसले सुराकीका नाममा पाउने रकममा हुने भ्रष्टाचारलाई बाहिरसमेत ल्याएको थियो । राजस्व अनुसन्धान तथा नियन्त्रण ऐन २०५२ मा राजस्व चुहावट नियन्त्रणमा मद्दत गरेबापत पुरस्कारस्वरूप कमिसन दिने उल्लेख छ । त्यसअनुसार सूचना दिने सुराकीलाई असुल भएको बिगोको २० प्रतिशत कमिसन दिनुपर्छ । उनले सो वापतको रकम दिन चाहेका थिएनन ।

अर्कोतर्फ भन्सार ऐन २०६४ ले राजस्व चुहावट नियन्त्रणमा संलग्न कर्मचारी एवं प्रतिवेदकलाई समेत १५ प्रतिशत कमिसन दिनुपर्ने व्यवस्था गरेको छ । यस्तो रकम मुद्दाको अन्तिम किनारा लागेपछि कर्मचारी र सुराकीले पाउँछन् । ऐनले सुराकी दिनेको नाम गोप्य राख्नुपर्ने व्यवस्थासमेत गरेको छ । यही गोपनीयताको फाइदा उठाउँदै प्रहरीभित्र सुराकीको नाम र रकममा चलखेल हुने गरेको थियो । सामान्यतया सुराक दिने व्यक्तिले पहिचान गोप्य राख्न लगाउने र पैसा लिएर जाने गर्छन् । तर यो ३५ किलोको मुद्दामा भने आफूहरू नै सुराकी भएको भन्दै प्रहरीनै अगाडि सरेको थियो । तत्कालिन समयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुराकी परम्परा उत्तम भए पनि सुराकीका नाममा श्रीमती, भाइबुहारी राख्ने नियत गलत रहेको जनाएको थियो ।

सुराकीको पहिचान गोप्य राख्ने आधारलाई टेकेर कर्मचारीले आफन्त, छिमेकी वा विश्वासपात्रलाई राख्ने गरेका थिए । यसअघि पनि प्रहरीले पटकपटक बरामद गर्दै राजस्व विभागलाई बुझाउँदै आएको सुनमा पाउने कमिसनमा चलखेल हुने गरेको थियो । कार्यालय प्रमुखले मात्रै कमिसनको रकम पाउने गरेको विवाद उठेको थियो । प्रहरीले नै सुन बरामदपछि कतिपय मुद्धामा आफूअनुकूल व्यक्तिलाई सुराकी र प्रतिवेदकका रूपमा उभ्याउने गरेको थियो । प्रकाश अर्याल सिआइवीको प्रमुख हुदा त्यसै गरेका कारण यो विवाद आएको हो ।

त्यसअघि बरामद गरेको पाँच किलो र एक किलो सुनको सुराकीबापत पाइने रकममा पनि प्रहरीले अनियमितता गरेको थियो । अनुसन्धानका क्रममा केन्द्रीय अनुसन्धान ब्युरोबाट सुन बरामदीमा खटिने र फाइल तयार पार्ने अनुसन्धान अधिकृत गरेर ११ जनाको नाम राखेर पठाइएको थियो । राजस्व अनुसन्धान विभागले त्यसमा थप ३९ जनालाई प्रतिवेदक बनाएर मुद्दा बुझाएको थियो ।
जनप्रहारबाट

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय