कनिष्टलाइ फुल मन्त्री बनाए पछी,कुन-कुन बरिष्ठले राज्यमन्त्री त्यागे



मन्त्रिपरिषद विस्तार हुनु अघी नेपाली कांग्रेसमा मन्त्री र राज्यमन्त्री बनाईदिन हारगुहार गर्दै नेताको चाकडी गर्नेको जमात ठुलो थियो। मन्त्री नियुक्त गरे पछि राज्यमन्त्री पनि नियुक्त गर्ने निर्णय गरेका कांग्रेस सभापती समेत रहेका प्रधानमन्त्री शेर बहादुर देउवा यतिबेला राज्य मन्त्री खाई दिने साम्सद नपाएर हैरान बनेका छन। केहि बाहेकका अन्य कनिष्ट साम्सदलाइ मन्त्री बनाए पछि राज्यमन्त्री बन्न धेरैले इन्कार गरेका छन। कांग्रेसमा सहायक मन्त्री राज्य मन्त्री हुदै फुल मन्त्री बनाइने एक प्रकारको परम्परा थियो। तर केन्द्रिय सदस्य नभएका र जुनिएरलाइ क्याबिनेट मन्त्री बनाएपछी उनीहरुको राज्यमन्त्री बन्न अस्वीकार गर्ने साम्सदको संख्या ठुलो छ। जसका कारण कांग्रेसमा राज्यमन्त्री बन्न चाहने नेताहरूको खडेरी लागेको छ ।

सिटौला पक्षबाट मन्त्री बनेका भीमसेन दास प्रधान देउवाकोटा बाट मन्त्री बनेका संजय गौतम,राजन केसी र यज्ञ बहादुर थापाको राज्य मन्त्री बन्ने साम्सद कांग्रेसमा कोहि पनि छैनन्। यी सबै जुनिएर रहेको एक साम्सदले बताए। रामहरि खतिवडा, ध्रुव वाग्ले, राजु थापा, भीष्मराज आङ्देम्बे, किरण यादव, बहादुरसिंह लामा, केशव थापा, मदन अमात्य, बहादुरसिंह थापा, सुजाता परियारलगायत राज्यमन्त्री बन्ने चर्चामा थिए । तर, आफूभन्दा पार्टीमा जुनियर क्याबिनेट मन्त्री भएपछि भीष्मराज, किरण यादब , बहादुरसिंह लामालगायतले अब मन्त्री बन्ने इच्छा मारीसकेका छन। उनीहरूको मातहतमा बस्ने गरी राज्य वा सहायकमन्त्री बन्न तयार छैनन् ।

प्रतिक्रिया दिनुहोस
मतदान अझै शुरु हुन सकेन

  आठ गते अधिवेशन उदघाटन भोलिपल्ट नौ गते प्रज्ञाभवनमा नेतृत्व चयन प्रक्रिया अगाढि

रविना थापाद्वारा एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा

  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी) अध्यक्ष रविना थापाले सङ्घको आसन्न ११ औँ

‘गुगल’ले आज २५ औं वार्षिकोत्सव मनाउँदै

  ‘गुगल’ले आफ्नो सञ्चालनको २५ औं वार्षिकोत्सव मनाउँदैछ। गुगलले आज विशेष डुडलका साथ

मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

  एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको