काठमाडौँ भरी पुरुष बेश्या छाए, महिलाले लगाऊछन् खेताला कस्ताले ब्यबसाय बनाए ?



साँझ परेपछि राजधानीका गल्लीगल्लीमा महिला यौनकर्मी भेटिन्छन् । अझ रत्नपार्क, गौशाला, नयाँ बसपार्क, ठमेल, कलंकी लगायतका स्थानमा त महिला यौन व्यावसायमा महिलाको संख्या अत्याधिक छ भनिन्छ ।

सबैले सुन्दै आएको र देख्दै आएको भनेको महिलाले मात्र देह व्यापार गर्छन् । तर, अहिले राजधानीमा पुरुष यौनकर्मीको संख्या ह्वात्तै बढेको छ ।

अहिले राजधानीमा सक्रिय रहेका पुरुष यौनकर्मीहरु धनाढ्य महिलालाई केन्द्रित गर्ने गर्छन् । उनीहरुले कुनै ‘मसाज सेन्टर’, क्याविन वा बेश्यालय खोलेर यौन व्यवसाय नगरी ‘कन्ट्याक्ट’मा महिलाहरूसँग यौन सम्पर्क गर्ने गरेका छन् । त्यसरी महिलासँग गौन सम्पर्क गरेवापत पुरुष यौनकर्मीहरुले निश्चित रकम लिन्छन् ।

‘सुरुमा त पुरुषले पनि यौनबापत रकम पाइन्छ भन्ने लागेकै थिएन,’ पुष्करराज (परिवर्तित नाम) ले भने, ‘रहर भन्दा पनि लहैलहैमा यता लागियो, अहिले त व्यवसाय नै भइसक्यो ।’

उनी जस्तै पुरुष यौनकर्मी राजधानीमा प्रशस्त पाइन्छ । खासगरी ती पुरुष यौनकर्मीहरु ठूला होटल र सम्पर्कका आधारमा महिलाले बोलाए स्थानसम्म पुग्ने गर्छन् ।

उनीहरुले अन्य कुनै व्यवसाय गर्दै गरेको जस्तो देखिन्छन् । पुष्करराजका अनुसार ती यौनकर्मीले एक महिलासँग यौन सम्पर्क गरेवापत ५ हजारदेखि ३५ हजार रुपैयाँसम लिने गरेका छन् । उनी आफैं पनि दैनिक ४/५ जनासँग यौन सम्पर्क राख्छन् ।

आफुँलाई साइको नाम बताउने एक पुरुष यौनकर्मीले यौन व्यवसाय गरेको पनि २ वर्ष नाघिसकेको छ । सुन्दर अनुहार भएका कारण पनि उनीसँग जो कोही महिला आकर्षित हुने गर्छन् । उनी लहैलहैमा यौनकर्मी बनेका थिए । उनी आज महिलासँग यौन सम्पर्क गर्न जाँदा कार चढेर जान्छन् । कति समय दिने हो, त्यही अनुसारको पैसा पनि लिने गरेका छन् ।

उनीहरु जस्तै सयौं पुरुष अहिले व्यावसायिक रूपमै यौन व्यवसाय गरिरहेका छन् । उनीहरुले पनि महलिाहरुले जस्तै यौन व्यवसाय गरिरहेका छन् । तर, उनीहरु अहिलेसम्म प्रहरीको आँखामा पर्ने गरेका छैनन् । किनभने उनीहरु यौनकर्मी हुन् भन्ने प्रहरीले सुइँकोसम्म पाउँदैन ।

‘कन्ट्याक्ट’ मा काम
अहिलेसम्म महिलाले मात्रै यौन व्यवसाय गर्छन् भन्ने थियो । त्यही अनुसार पुरुषहरु महिलाको खोजीमा निस्कन्थे । तर, अहिले समय परिवर्तन भएको छ । राजधानीका चोकचोकमा साँझ परेपछि मोलमोलाई भइरहेका दृष्य देखिन्थे । तर, अहिले बेश्या पुरुषको हावी हुन थालेको छ ।

महिला यौनकर्मी महिलाकै जस्तै पुरुष यौनकर्मीहरु पनि सम्पर्ककै आधारमा यौन सम्पर्कमा पुग्ने गर्छन् । उनीहरुलाई आफ्नै साथी, होटल सञ्चालक र व्यक्तिगत चिनजानका आधारमा महिलाका यौन प्यास मेटाउने गरेका छन् ।

महिलाले मात्रै होइन, अजाभोली पुरुष यौनकर्मीहरुले समेत ग्राहकको खोजी गरिरहेका हुन्छन् । राजधानीका ठूला सपिङ सेन्टर, होटल र ठूला रेष्टुरेन्टमा त्यस्ता ग्राहकको खोजी गर्ने महिलाहरू भेटिन्छन् ।

प्रायः जसो होटल सञ्चालकले नै धेरै मान्छेहरूको जमघट हुने ठाउँमा ‘एजेन्ट’हरू नै खटाएका हुन्छन् । चाहना गर्ने महिलाले ‘ह्यान्डसम’ र धेरै सेक्स गर्न सक्ने अनुमानको आधारमा ‘भिजिटिङ’ कार्ड दिएर जान्छन् । र, फोनबाट सम्पर्क हुन्छ । अनि साथीहरूकै संगतबाट पनि यौनको चाहना राख्ने महिलासँग सम्पर्क हुने गरेको छ ।

ग्राहक कस्ता हुन्छन् ?
कुनै पनि व्यापारमा ग्राहक त अवस्य पनि हुन्छन् । पुरुष यौनकर्मीका ग्राहक भनेकै पति विदेश गएका र विशेष गरी लाहुरेका पत्नी र छोरीहरू हुन् । उनीहरु त्यस्तासँग पैसा दिएर यौन सम्पर्क गराउने गरेका छन् ।

यौन व्यवसायमा संलग्न एक पुरुष यौन व्यवसायीका अनुसार पहिले यौन व्यवसाय गरेर सामान्य जीवन यापन गरिरहेका महिला पनि उनीहरुका ग्राहक हुन् । उनीहरु आफ्नो औन सन्तुष्टी मेटाउनका लागि पुरुष यौनकर्मी रोज्ने गर्छन् ।

आजभोली मानिसहरु कामका सिलशिलाले गर्दा व्यस्त रहने गर्छन् । पुरुषले मात्र काम गर्नुपर्छ भन्ने मान्यता रहेका कारण अझैं पनि धनाढ्य परिवारमा महिला कामका लागि बाहिर निस्किदैनन् । पुरुष कामले थाकेर आउने र यौनप्रति अनिच्छुक देखिदाँ पनि धनाढ्य महिलाहरु पुरुष यौनकर्मीको सम्पर्कमा पुग्ने गर्छन् । उनीहरु पुरुष यौनकर्मीसँगको सम्पर्कबाट आफ्नो तृष्णा मेट्ने गरेको उनीहरू बताउँछन् ।

जागिरे श्रीमान्का श्रीमतीहरू भने घरभन्दा बाहिर जान चाहँदैनन् । बाहिर गए पनि राजधानीकै कुनै होटललाई ‘सेक्स स्पट’ बनाउँछन् । छिटोभन्दा छिटो ‘धन्दा’ सकेर श्रीमान् खुसी पार्ने चाहना श्रीमानद्वारा यौन कुण्ठित गृहिणीको हुने गरेको छ ।

प्रहरीमा पर्दैन उजुरी
महिला यौनकर्मीलाई पक्राउ गर्नु प्रहरीको खेती नै हो । चल्तीका प्रहरी बृत्तहरुमा प्रहरी प्रमुख परिवर्तन भए लगत्तै पहिलो आँखा नै यौनकर्मीमा पर्ने गर्छ । यौनकर्मीलाई टार्गेट गरेर होटल सञ्चालकबाट मोटो रकम हात पार्ने उदेश्य हुन्छ । त्यही भएर पनि प्रहरीले छापा मार्न थाल्छ । हिसाव मिलान भएपछि भने छापा मार्ने काम बन्द नै हुन्छ ।

बेलबखत महिला स्थानीयले पनि प्रहरीलाई प्रक्राउ गर्ने गरेको सुनिएको छ, देखिएको छ । तर, अहिलेसम्म पुरुष यौनकर्मीलाई प्रहरीले पक्राउ गरेको सुन्नमा आएको छैन ।

महानगरीय प्रहरी अपराध महाशाखामा प्रमुख एसएसपी दिनेश अमात्यले अहिलेसम्म पुरुष यौनकर्मी भएको सुने पनि कुनै उजुरी नपरेकाले पक्राउ नपरेको बताए । ‘सुनेकै भरमा खोज्नु पनि भएन’ उनले भने, ‘विना प्रमाण कसरी खोज्ने र ? तर, उजुरी परे वा संकेत मात्रै पाए पनि हामी पक्राउ गर्छाै ।’ गोपाल बराइलीको सहयोगमा

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय