माछापुच्छ्रेको थप ११ स्थानबाट सेवा



हाम्रो इकोनोमि

काठमाडौँ । माछापुच्छ्रे बैंकले सोमबार एकै पटक ११ वटा नयाँ स्थानबाट बैंकिङ सेवा सुरु गरेको छ। बैंकले थप ६ शाखा, ३ एक्स्टेन्सन काउन्टर तथा २ शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।

बैंकले दमक, लहान, बर्दिबास, सुर्खेत, महेन्द्रनगर र कोहलपुरमा गरी ६ वटा नयाँ शाखा कार्यालयहरू सञ्चालन गरेको छ, यसैगरी सिरहाको कल्याणपुर गाउँपालिका, तनहुँको भिमाद नगरपालिका तथा कञ्चनपुर जिल्ला आईबीआरडी पुनर्वास नगरपालिकामा एक्स्टेन्सन काउन्टरहरू सञ्चालनमा ल्याएको बैंकले जनाएको छ।

बैंकका अनुसार रूपन्देहीस्थित गैंडहवा तथा सम्मरीमाई गाउँपालिकामा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो। बैंकले शाखा शुभारम्भ भएको उपलक्ष्यमा निश्चित समयका लागि निस्शुल्क डेबिट कार्ड उपलब्ध गराउने, कर्जा शुल्कमा ०।२५ प्रतिशत छुट दिने र लकर शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने इत्यादि सुविधासमेत उपलब्ध गराएको विज्ञप्ति मा र्फत जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...