को हुन् सुडान घोटालाका नाइके शम्भु भारती ? अरु अख्तियार बाट डामिदा कसरी पाए यिनले उन्मुक्ती



डडेल्धुरा जिल्ला रुपाली गाविस वडा नं. ०४ स्थायी घर भई हाल ललितपुर जिल्ला सैंबु भैँसेपाटी वडा नं. ८ बस्ने नेपालका राजनीतिक दलका माथिल्लो तहका नेतासँग आर्थिक सम्बन्ध बनाएर नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा हतियार एवं बन्दोबस्तीका सामग्री खरदिको ठेक्का लिने व्यापारी हुन् शम्भु भारती ।
सुडानमा खटिएको नेपाल प्रहरीको टोलीलाई अस्योर्ड रिस्क कम्पनीमार्फत खरिद गरिएका (आम्र्ड पर्सनल क्यारियर (एपीसी) खरिदमा भएको भ्रष्टाचार प्रकरणबाट भारती एकाएक चर्चामा आएका हुन् । अस्योर्ड रिस्क कम्पनीको ग्लोबल सेल्स एजेन्ट भगवती ट्रेडर्सका मालिक हुन् शम्भु भारती ।
वि.सं. २०५०र०५१ सालदेखि ठेक्का पट्टामा संलग्न भारती तत्कालीन समयमा स–सानो दरभाउपत्र (कोटेसनमार्फत ठेक्कापट्टामा सहभागी हुनथालेका हुन् । त्यतिबेला भारती एकदेखि पाँच लाख रुपैयाँसम्मको कोटेसनको काम लिने गर्थे । तत्कालीन समयमा नेपाली कांग्रेसनिकट रहेर तत्कालीन मन्त्री बलबहादुर राईनिकट एक युवा नेतामार्फत नापी विभागको काम लिएको उनीनिकट स्रोतले बतायो ।
०४५ सालमा एसएलसी दिएर नतिजा कुरेको समयमा भारतीले आफ्ना जेठा दाजु महादेवसँग नजिक रही डडेल्धुरा दहस्थित नेपाली सेनाको ब्यारेकमा निर्माणकार्यबाट ठेक्कासम्बन्धी अनुभव लिएका थिए ।
सोही अनुभवबाट उनले काठमाडौं आएपछि स—साना कोटेसनको काम गर्दागर्दै उनी नेपाली कांग्रेसका उच्च नेताको सामीप्यतामा पुगे । सोही माध्यमबाट उनी सेनाको स–साना ठेक्कापट्टा हुँदै हतियार र बन्दोबस्तीका सामान आपूर्ति गर्ने हैसियतमा पुगेको उनीनिकट एक व्यवसायीले बताए ।
तत्कालीन प्रधानसेनापति प्यारजंग थापाको कार्यकालमा उनले सेनाको ठेक्कापट्टामा प्रवेश पाएका हुन् । सोही समयदेखि हालसम्म समेत भारती संलग्न वा उनीनिकट फर्महरुले नै ठेक्का पाउँदै आएका छन् । माओवादीविरुद्ध सेनाले ’मुभ’ गरेको, देशमा संकटकाल लागेको तथा शाही शासन सुरु भएको अवस्था भारतीका लागि फलिफापपूर्ण भयो । स—साना काम गर्ने क्रममा यिनी सेनाको सूचीकृत ठेकेदार बनिसकेका थिए । सामरिक महत्वका सामान आपूर्तिमा भारतीले पाएको अवसरबाट उनी धनाढ्य व्यापारीको रूपमा परिणत भए । शाही शासनलाई असहयोग गर्ने रणनीतिमा भारतले नेपाललाई दिँदै आएको सैन्य सहयोग बन्द गरिदियो । त्यसले सेनामा गोलीगठ्ठाको अभाव सिर्जना भयो । उनका सहकर्मी एक व्यवसायीका अनुसार अप्ठ्यारो परेका बेला भारतीले सेनालाई इन्सास राइफलको गोली आपूर्ति गरेर गुन लगाएका थिए । त्यसले सेनामा भारतीलाई स्थापित बनाइदियो । उनको आन्तरिक मात्र नभई बाह्य सम्पर्क पनि बलियो बनिसकेको यस घटनाबाट पुष्टि हुन्छ ।
एकपटक सेनाले खोलेको नाइटभिजन वाइनाकुलर र अन्य केही उपकरणको करिब १९ करोड रुपैयाँको खरिद प्रकरणमा भारती समस्यामा परे । सेनाका प्राविधिकले उक्त ठेक्का रोकिदिएपछि उनी तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालापुत्री सुजाता निकटस्थहरूको सम्पर्कमा पुगे । र, उनले रोकिएको १९ करोडको ठेक्का पाए । त्यही विन्दुबाट सुजातासँग उनको लेनदेन प्रारम्भ भएको दाबी स्रोतको छ ।
शाही शासनका बेला सशस्त्र प्रहरीका तत्कालीन महानिरीक्षक कृष्णमोहन श्रेष्ठको माओवादीले हत्या गरेपछि सहवीर थापा महानिरीक्षक बने । शक्तिकेन्द्रहरूसम्म आफ्नो राम्रो पहुँच कायम गरिसकेका भारतीले त्यतिबेला थापालाई महानिरीक्षक बनाउन ’लबिङ’ पनि गरेका थिए । त्यही भएर थापाको कार्यकालमा उनले सशस्त्र प्रहरीमा ठूलै काम पाए । पछि तिनै थापाको बूढानीलकण्ठस्थित घर कम्पाउन्ड यिनै भारतीले किनेका थिए ।
स्रोतका अनुसार सम्पत्ति शुद्धीकरणको एक मुद्दामा स्रोत नखुलेको सम्पत्ति हात पारेको अभियोगमा विशेष अदालतले चिनियाँ नागरिक ऊ लिसाङलाई एक वर्ष कैद र छ करोड ७४ लाख ५० हजार जरिवाना फैसला ग¥यो । जेलमा हुनुपर्ने यी चिनियाँ नागरिकलाई भारतीकै सेटिङमा तत्कालीन सम्पत्ति शुद्धीकरणका महानिर्देशकले पक्राउ गरेका थिएनन् । तिनलाई पैसा पठाउने अमेरिका बस्ने असिम क्षेत्रीलाई समेत कारबाहीको दायरामा ल्याइएन र सो काण्डका मतियार शम्भु भारतीमाथि छानबिन समेत भएको थिएन । तरला इन्टरनेसनलबाट नेपाल बंगलादेश बैँकमा आएको १० लाख अमेरिकी डलर सुडानकाण्डबापत प्राप्त कमिसन रहेको उनीनिकट स्रोतको दाबी छ ।
असिम क्षेत्रीले पैसा पठाउने र मतियार शम्भु भारती लिसाङबाट पैसा भुक्तानी लिनेलाई उन्मुक्ति दिन तत्कालीन समयमा ५० लाखको डिल भएको उनीनिकट स्रोतको दाबी छ । कानुनमा स्नातक गरेका भारतीले ठेक्कापट्टाको कानुनी जटिलताका विषयमा समेत सम्बन्धित निकायमा आफैँ सबै पक्षको विश्लेषण गरी ठेक्का पार्न के कसरी गर्नुपर्छ भन्ने विषयमा सेना तथा प्रहरीका उच्च पदाधिकारीलाई सिकाउने गरेको उनीनिकट स्रोतले बतायो ।
ठेक्कापट्टाबाट उनी अहिले करोडौँको कारोबार दिनमै मिलाउनसक्ने हैसियतमा पुगेका छन् । श्रीमती, साली र आफन्तका नाममा समेत उनले दर्जनौँ फर्म खोलेका छन् । सेना र प्रहरीको हतियारको ठेक्कापट्टा गर्ने बेलामा उनी यी सबै फर्मबाट बोलपत्र हाल्न लगाउँथे । एउटा न एउटालाई परिहाल्थ्यो । सुडान घोटालामा पनि उनले त्यही गरेका थिए । साली, श्रीमती र आफ्नो गरी तीन फर्मलाई उनले दर्ता गराए । यसबाट भाउ घटाघट गरेको नाटक पनि गरे । अन्त्यमा आफ्नै फर्मबाट पाएजस्तो पनि गरे ।
यसरी उनले अर्बाैंको सम्पत्ति कमाएको जानकारहरू बताउँछन् । उनको महेन्द्रनगर, ललितपुर र बूढानीलकण्ठमा घर छन् । काठमाडौंका
दर्जनौं ठाउँमा दर्जनौं रोपनी जमिन छन् ।
भारतीविरुद्ध सुडानकाण्डमा अख्तियारका सात अभियोग
— एपीसीको बोलपत्र गैरकानुनी रूपले प्रस्तुत गरेको
— प्रहरी प्रधान कार्यालयबाट आठवटा एपीसी ढुवानीका लागि भनेर यूएस डलर १,४५,६०० र त्यसको बीमाबापत ७३,५३४ अमेरिकी डलर, स्पेयर पार्ट्सको बीमा र ढुवानीबापत ६२,५८० र पानी ट्यांकर र एम्बुलेन्स ३र३ थानको बीमा र ढुवानीबापत अमेरिकी डलर ५१,४६७ भुक्तानी लिएको ।
— एपीसीको बीमाबापत ३३,२७,२९५ यूएस डलर बीमा गर्नुपर्नेमा ३०,३३,९११ मात्रै बीमा गरेको ।
– स्पेयर पार्ट्सको मूल्यअभिवृद्धि कर २,०८० अमेरिकी डलर भुक्तानी लिएको ।
— बन्दोबस्तीका सामानहरू सुडान पोर्टसम्म निःशुल्क पु¥याइदिने सम्झौता गरेको र पछि ढुवानी सम्झौता गरी अमेरिकी डलर ५१,४६७ बुझिलिएको ।
— कर तिरेको बिल जारी नगरी भुक्तानी लिएको ।
— प्रहरी प्रधान कार्यालयका तत्कालीन प्रमुख ओमविक्रम राणासँग मिलेमतो गरी कमसल र पुराना एपीसी, काम नलाग्ने स्पेयर पार्ट्स ढुवानी गरी तीन करोड १० लाख ३७ हजार तीन सय ३० रुपैयाँ बुझिलिएको ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय