मेयरले खाल्डा पुर्न सक्दिन भने पछी किन जंगिए सर्बेन्द्र खनाल



काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले वर्षा महिनाभर काठमाडौँमा रहेका खाल्डाखुल्डी पुर्न समस्या हुने र सक्दा पनि नसकिने बताएका छन् । आज ट्राफिक प्रहरीसंग भएको छलफलमा शाक्यले वर्षायाममा सडकमा बजेट खर्च गर्नु भनेको पैसाको मात्र नाश हुने र काम राम्रो नहुने भन्दै खाल्डा पुर्ने काममा अहिले महानगरपालिकाले लगानी गर्न नसक्ने बताएका हुन्।

सर्बेन्द्र खनाल संग शाक्यले भने,’अहिले खाल्डा पुर्दा रकम दुरुपयोग मात्रै हुन्छ, जति आलोचना भएपनि महानगरले खाल्डा पुर्दैन । जनताको करबाट उठेको रकम यसरी खेर फाल्नु हुँदैन।’तर डीआइजी खनालले भने कुनै समस्या देखाएर खाल्डा पुर्नबाट पछि नहट्न आग्रह गरेका थिए ।खाल्डा पुर्नका लागि प्रधानमन्त्री देउवाले दिएको निर्देशनलाइ गम्भीर रुपमा लिएर काम गर्न खनालले आग्रह गरे । तर शाक्यले महानगरको काम खाल्डा पुर्ने मात्र नभएको जिकिर गरे।

‘सडकमा खाल्डा र त्यसो हिलो र धुलोले ट्राफिकलाई चोकमा उभिन समस्या छ । सर्वसाधारणलाई त्यतिकै सास्ती छ’ खनालले भने, ‘बजेट छैन भने केही शीर्षकमा मिलाएर यताउता गर्नुस् । तर, खाल्डा चाँही पुरिदिनुस् ।’ खनालको आग्रहलाइ मेयर शाक्यले इन्कार गरेको छलफलमा सहभागीले हाम्रो इकोनोमीलाइ बताए।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय