घुस्याहा संग बिद्यासुन्दरको लसपस,झलनाथले सचेत गराए,ओलीले के-के अह्राए



भ्रष्टहरुको अड्डाका रुपमा परिचित काठमाडौँ महानगरमा अनियमितताको ठुलो चाङ्ग लागिसकेको छ। मेयर बिद्यासुन्दर शाक्यले तिनै भ्रष्टलाइ काखी च्यापे पछी महानगर अझै भद्रगोल बन्न थालेको हो। अनियमितताका सरदारका रुपमा चिनिएका हरुले शाक्यलाई पन्जामा लिएको महानगरकै कर्मचारी बताउछन। ज्ञानेन्द्र बहादुर कार्की,हरि कुँवर लगायतका घुसखोरलाई ज्वाई सरहको सम्मान दिएर मेयर शाक्यले धन्धा चलाउन थालेको श्रोतको दाबी छ। जिन्सी र खरिद शाखाका सुमन अधिकारीको धन्धा यति सम्म फस्टाएको छ,जसको सिमा नै छैन। महानगरमा आबश्यक सामग्री सप्लाई गर्ने कुन्दन सिंहको दादागिरीले सिमा नाघेको छ। कार्की,कुँवर,अधिकारी र सिंहले महानगरको परिषद बैठकका नाम मा र मेयर उपमेयरको कार्यकक्ष र सवारी व्यपस्थापनका नाममा मात्र ३० लाख हात परेका छन।

महोत्तरीको सामान्य परिवारमा हुर्केका सप्लायर सिंहले महानगरका घुस्याहा कर्मचारीको पैसा मिटर ब्याजमा लगाउने गरेको बुझिएको छ। बल्खुमा राम सीता सहकारी चलाउने सिंहले बल्खु बाट तराई जाने राजधानी टाटा सुमो पनि चलाउने गरेका छन। दुइ दर्जन सुमोका मालिक उनले त्यत्रो सम्पति त्यहि महानगरमा चलखेल गरेर जोडेका हुन्। भूकम्पका बेला त्रिपालमा गडबड गरेका उनी सहित पूर्व कार्यकारी अधिकृत पूर्ण भक्त तंडूकार लाइ अख्तियारले समातेको थियो। ज्ञानेन्द्र र हरि कुँवर पनि अख्तियारको नजरमा परेका छन,तर अहिले सम्म समातिन सकेका छैनन् । महानगरको पैसामा तरुनी घुमाउने र अनियमितता गर्ने गरेको भेटिए पनि यी घुषका सरदारलाइ अहिले सम्म कसैले सनासो लगाउन सकेको छैन। सिन्धुपाल्चोकका कार्कीले महानगरमा चलखेल गरेर तिनकुनेमा भब्य बंगाला खरिद गरेका छन भने कुँवरको बूढानिलकण्ठमा दरबार नै छ। बिज्ञापन करको ३० लाख आफ्नो खातामा हालेको आरोप पनि लागेको छ। त्यस्तै धरहरा बाट प्राप्त हुने राजस्व पनि उनै कार्कीले लिएको भन्दै अख्तियारमा उजुरी परेको छ।अनियमितता र आरोपले थलिएका भ्रस्टलाइ मेयरले काखी च्यापे पछि अन्य कर्मचारी अचम्ममा परेका छ। छेपारोले भन्दा बढी रंग फेर्ने कार्की र कुँवरलाई मेयरले च्यापेको र उनीहरुकै मतियार मेयर बनेको भन्दै एमाले अध्यक्ष केपी ओली र झलनाथ खनालकामा कुरा पुगिसकेको श्रोतको भनाइ छ। नेता खनालले त मेयरलाइ सचेत समेत गराईसकेका छन।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय