स्वास्थ्य मन्त्री पोखरेलले सार्वजनिक गर्ने प्रतिबद्धता पत्रमा यस्ता छन् ५ प्राथमिकता



हाम्रो इकोनोमि

स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलले आफ्नो कार्यकालमा गर्ने कामको प्रतिबद्धता पत्र सार्वजनिक गर्ने भएका छन्। आमनागरिकलाई महसुस हुनेगरी स्वास्थ्य सेवा सुधार गर्ने योजना रहेको मन्त्री पोखरेलको भनाइ छ।

‘स्वास्थ्यमा मेरा प्रतिबद्धता र प्राथमिकता सार्वजनिक हुनेछन्,’ मन्त्री पोखरेलले भने, ‘सबै काम समयसीमा तोकेर पूरा गर्नेछु।’ मन्त्री पोखरेलले  आफूले तत्काल पाँचबुँदे खाका तयार पारी काम सुरु गरेको बताएका छन्।

आकस्मिक स्वास्थ्य सेवा, सरकारी अस्पतालको सेवा सुधार, निःशुल्क औषधि, जनशक्ति र संघीय संरचनामा स्वास्थ्य सेवाको तत्कालीन व्यवस्थापन अहिले प्राथमिकतामा रहेको उनको भनाइ छ। हाल आकस्मिक रुपमा विभिन्न जिल्लामा देखिएका भाइरल ज्वरो, झाडापखाला, टाइफाइड, स्क्रब टाइफस जस्ता स्वास्थ्य समस्या समाधानका लागि ‘रेपिड रेस्पोन्स टिम’ खटाइएको उनले बताए।

जिल्लामा औषधि अभाव हुन नदिन स्वास्थ्य सेवा विभागलाई निर्देशन दिएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
मेयर बालेन्द्र शाहलाई पितृशोक

  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको निधन भएको छ ।...

मोरङमा दुई बालिकाको हत्या

गत २८ असारमा सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर किनारमा झाडीमा नग्न अवस्थामा एक बालिकाको...

देशभर सबै अस्पतालका नर्सहरू आन्दोलनमा

    न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न माग राख्दै नर्सहरू आन्दोलित...

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना

    नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ अस्वस्थ भएर अस्पताल भर्ना...