आयोगले भरतपुरमा चुनाब गराउन थाल्यो तयारी, कुन दिन हुने भयो त चुनाब ?



सर्वोच्च अदातले भरतपुर महानगरपालिका वडा नं. १९ मा पुनः मतदानको फैसला गरेसँगै त्यहाँ कहिले मतदान हुन्छ भन्ने प्रश्न चासोको विषय बनेको छ । निर्वाचन गराउने जिम्मेवार निकाय निर्वाचन आयोगले अदालतको आदेशसँगै भरतपुर १९ मा मतदानको प्रक्रिया सुरु गरिने जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले मतदानको मितिबारे आज निर्णय हुने जानकारी दिएका छन् । आइतबार कार्यालय समय सकिएपछि अदालतको फैसला आएकोले मतदानबारे सोमबार कार्यालय खुलेपछि छलफल गरिने उनले जानकारी दिए । मतदानको मिति सोमबारै तोकिने सम्भावना बलियो भएको उनले बताए । अदालतको फैसलामा गरिएको निर्देशनलाई आधार मानेर सोही अनुसार मतदानको मिति तोकिने शर्माको भनाइ थियो ।

यसअघि निर्वाचन आयोगले जेठ २० गते भरतपुर १९ मा पुनः मतदानको निर्णय गरेको थियो । आयोगको निर्णय बदर गराइपाउँ भनी जेठ २१ मा सर्वोच्च अदालतमा परेको रिटउपर लामो बहस र सुनुवाइपछि सर्वोच्च अदालतले हिजो आइतबार निर्वाचन आयोगको निर्णयलाई सदर गरेको हो ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय