बलात्कार पछी हत्या गर्ने पुलिसलाइ सर्वस्वसहित जन्मकैदको फैसला



जाजरकोटको भेरी नगरपालिका–४ की राधिका सुनारको हत्यामा संलग्न प्रहरी हबल्दार कमल सुनारलाई जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ ।

गोविन्द महरको जाहेरीले जबर्जस्ती करणीसहित कर्तव्य ज्यान मुद्दा लागेका कमल सुनारलाई जिल्ला न्यायाधीश लीलाराज अधिकारीको इजलासले सर्वस्वसहित जन्म कैदको फैसला गरेको हो । कमल सुनारले जबर्जस्ती करणी अभियोगबाट सफाइ पाएको भए तापनि कर्तव्य ज्यानमा सर्वस्वसहित जन्मकैदको फैसला भएको जिल्ला न्यायाधीश लीलाराज अधिकारीले जानकारी दिए ।

गत माघ २२ गते पासागाड खोलामा खुकुरी प्रहार गरी राधिका सुनारको हत्या भएको थियो । लामो समयसम्मको प्रहरी अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालयको मुद्धा फाँटमा कार्यरत प्रहरी हबल्दार कमल सुनारविरुद्ध गोविन्द महरको जाहेरीले जबर्जस्ती करणीसहित कर्तव्य ज्यान मुद्दा गत फागुन २० गते जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस
मतदान अझै शुरु हुन सकेन

  आठ गते अधिवेशन उदघाटन भोलिपल्ट नौ गते प्रज्ञाभवनमा नेतृत्व चयन प्रक्रिया अगाढि

रविना थापाद्वारा एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा

  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी) अध्यक्ष रविना थापाले सङ्घको आसन्न ११ औँ

‘गुगल’ले आज २५ औं वार्षिकोत्सव मनाउँदै

  ‘गुगल’ले आफ्नो सञ्चालनको २५ औं वार्षिकोत्सव मनाउँदैछ। गुगलले आज विशेष डुडलका साथ

मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

  एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको