२ नम्बर प्रदेश कब्जा गर्न माओबादीले खटायो बटालियन



नेकपा माओवादी केन्द्रले प्रदेश नं २ को निर्वाचनलाई सफल बनाउने पार्टीका शीर्ष नेता परिचालित हुने जनाएको छ ।
माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालका अनुसार नेता नारायणकाजी श्रेष्ठ, मातृका यादव, रामबहादुर थापा, हरिबोल गजुरेल, प्रभू साह, उर्मिला अर्याललगायत नेता २ नं प्रदेशमा परिचालित हुनेछन्।

उनका अनुसार सोमबारदेखि नै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा प्रदेश नं २ अन्र्तगत धनुषाको जनकपुरमा पार्टीको बैठक र कार्यकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछ ।

अध्यक्ष दाहालले २ नं प्रदेशका सबै गाउँपालिका र नगरपालिकामा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । प्रदेश नं २ मा १२७ स्थानीय तहको निर्वाचन आगामी असोज २ गते गर्ने कार्यतालिका तोकिएको छ ।

यसैबीच माओवादी केन्द्रले भरतपुर महानगरपालिका वडा नं १९ को सम्बन्धमा सर्वोच्च अदालतले गरेको आदेशको स्वागत गरेको छ ।

प्रवक्ता भुसालले निर्वाचन आयोगले गरेको निर्णय कानुनअनुसार नै थियो भन्ने विषयलाई सर्वोच्चको आदेशले पुनःपुष्टि गरेको बताइन् । उनले भनिन् “निर्वाचन आयोग संवैधानिक आयोग भएकाले उसले गरेको निर्णय नै जायज थियो भन्ने पुष्टि भएको छ ।”

प्रतिक्रिया दिनुहोस
मतदान अझै शुरु हुन सकेन

  आठ गते अधिवेशन उदघाटन भोलिपल्ट नौ गते प्रज्ञाभवनमा नेतृत्व चयन प्रक्रिया अगाढि

रविना थापाद्वारा एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा

  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी) अध्यक्ष रविना थापाले सङ्घको आसन्न ११ औँ

‘गुगल’ले आज २५ औं वार्षिकोत्सव मनाउँदै

  ‘गुगल’ले आफ्नो सञ्चालनको २५ औं वार्षिकोत्सव मनाउँदैछ। गुगलले आज विशेष डुडलका साथ

मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

  एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको