राजपाका नौ जनालाई लुकाएर सरकारले सहिद बनायो, सहिद संगै देउवा सरकारले २ करोड पनि दियो



सरकारले राष्ट्रिय जनता पार्टी नेपाललाई फकाउन देउवा सरकारले मुद्दा फिर्ता, बन्दी रिहा, सहिद घोषणा लगायतका काम अगाडि बढाएको छ । यो गर्दा राजपा चुनाबमा सहभागी हुन्छ भन्ने बुझाई सरकारको छ।
साउन १२ गते बिहिबार बसेको मन्त्रीपरिषद्को बैठकले नौजनालाई सहिद पनि घोाषणा गरेको छ । राजपा नेपालले सहिद घोषणा गर्न बाँकी रहेका १२ जनाको नाम बुझाएको थियो, त्यसमध्ये नौजनालाई सहिद घोषणा गरेको छ ।

अरु तीनजनाको बारेमा जिल्ला प्रशासन कार्यालय छानविन गरिरहेको राजपा नेपाल स्रोतले जनाएको छ । तीनजनामध्ये एकजना घाइते थिए, उनले सरकारबाट उपचार खर्च पनि पाइसकेका थिए तर पछि घाउन निको भएन र मृत्यु भयो । राजपा नेपालले उनलाई पनि सहिद घोषणा गर्न सिफारिस गरेको छ । त्यसको बारेमा जिल्ला प्रशासन कार्यालयले छानबिन गरिरहेको राजपा नेपाल स्रोतले जनाएको छ । नौजनालाई सहिद घोषणा गरेको कुरा सरकारले बाहिर ल्याएको छैन । चुनावको मुखमा सहिद घोषणा, मुद्दा फिर्तालगायतका कार्य गर्यो भने चुनावलाई प्रभाव पार्ने देखिने र प्रमुख प्रतिपक्षि दल पनि त्यसको विरोध गर्ने डरका कारण सरकारले राजपा नेपालका लागि मन्त्रीपरिषदबाट गरेका निर्णयहरु बाहिर ल्याएको छैन ।

यसअघि प्रचण्ड नेतृत्वको सरकारले आन्दोलनकारीमाथि लागेको मुद्दा फिर्ता लिने निर्णय गरेपछि प्रतिपक्षी दल नेकपा एमालेले संसदमा त्यसको विरोध गरेको थियो र जनमानसमा पनि त्यसको आलोचना भएको थियो ।

आलोचना भएपछि तत्कालिन प्रधानमन्त्री प्रचण्डका सचिवालयले विज्ञप्ति जारी गरि गम्भीर प्रकृतिका घटनामा मुद्दा लागेकाको मुद्दा फिर्ता नलिने स्पष्ट पारेका थिए । अहिले त्यसैको डरले निर्णयहरु लुकाइएको स्रोतको दावी छ ।

सरकार र राजपा नेपालबीच साउन ४ गते बालुवाटारमा भएको वार्तामा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद्बाट पूरा हुने सम्पूर्ण माग तीन दिनभित्र पूरा गर्ने प्रतिबद्धता जनाएका थिए । यद्यपि तीन दिनभित्र पूरा नगरेपनि कामको शुरुवात भएको प्रधानमन्त्री देउवाका नीजि सचिवालयले जनाएको छ ।
राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले भने, ‘सरकारले केही गरेको जस्तो देखाएको छ, तर सबै पूरा भएपछि मात्र त्यसलाई पूर्ण मान्न सकिने अवस्था छैन छैन ।’ केही दिन पहिले मात्र सरकारले नौजनालाई सहिद घोषणा गर्ने कार्य गरेको बताउँदै उनले मुद्दा फिर्ता, बन्दी रिहाका प्रकृया पनि अगाडि बढाएको बताए । त्यस बाहेक राजपालाइ तत्काललाइ क्षती पुर्ती बापत २ करोड दिने निर्णय भएको समेत बुझिएको छ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय