देउवाले खाल्डा पुर्न दिएको १५ दिने म्याद सकियो,हिलोमा कलोपत्रॆ हालेर कस्ले दारु पियो?



प्रधानमन्त्रीले साउने संक्रान्तिका दिन काठमाडौँका खाल्डा पुर्न १५ दिने उर्दी जारी गरेका थिए।आज १५ दिन बितिसकेको छ र खाल्डा कम मात्र पुरिएका छन।राजधानीको सामाखुसीमा सडकको ढलमा स्कुले बालिका डुबेको भिडियो भाइरल भएपछि र एक बालिकाको निधन भएपछि प्रधानमन्त्रीमाथि अत्याधिक दबाब आएको थियो । सोही दबाबको प्रतिक्रियास्वरुप प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीको निर्देशनसँगै सम्बन्धित विभागीय सचिवहरुको सडक मर्मतको काममा चासो बढ्यो । चासो बढ्नु स्वभाविकै थियो, किनकि प्रधानमन्त्रीले तीन विभागीय सचिवहरुलाई एकैपटक सडकका खाल्डा पुर्न समयसीमा तोकेरै निर्देशन दिएका थिए । प्रधानमन्त्रीको आदेशको शीरोधार्य गरेर काम अघि बढाएका सचिवहरुले पनि आफू मातहतका निकायको भर परेनन् । मध्यरातमा सडकको अनुगमन गर्न आफैं निस्किए । सिंगो राज्य संयन्त्र नै हल्लाउने गरी आएको दबाब थेग्न अरुको भर परेर बस्ने स्थिति पनि थिएन । जसका कारण सचिवहरुकै प्रत्यक्ष निगरानीमा सडक मर्मतको काम सुरु भयो ।

साना तिना खाल्डा पुर्ने बाहेकका केहि काम भएकै छैन। चाबहिल लगायतका स्थानका बाट खोला बनेका छन,कहाँ कति खाल्डा पुरिए भन्ने भन्न सकिएला तर कहाँ कहाँ बाटो खराब छ भन्ने भनिसाध्य छैन । प्रधानमन्त्रीको उर्दी हावामा उडेको राजधानीका बाट घाटा हिडे मात्र थाहा हुन्छ। कति पय ठाउँमा त दह माथी कलोपत्रॆ समेत गरिएको छ। केहि ठाउका खाल्डा पुरेर दह माथी कलोपत्रॆ हाल्ने काम गरि एक साता अघी भौतिक मन्त्रालयका कर्मचारी नगरकोट पुगेर दारु खाएको चर्चाले मन्त्रालय अचेल थलिएको छ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय