कर्णेलकी श्रीमतीको २० लाख सहित १० करोड ठग्ने ठगका सरदार बने गाउँपालिका अध्यक्ष



माओवादी केन्द्रका तर्फबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका सोलुखुम्बुको दूधकौशिका गाउँपालिकाका अध्यक्ष असिम राई ठगी मुद्दाका फरार अभियुक्त रहेको खुलासा भएको छ। निर्वाचित भए पछि बाहिरिएको ठगी प्रकरणले उनलाई भूमिगत बनाएको छ। राई अहिले कहिले काठमाडौँ त कहिले सोलुखुम्बु गर्दै लुकीलुकी हिँडिरहेको पीडितहरुले बताएका छन् ।

काठमाडौंको गोंगबुमा ठग राईले युनिक बचत तथा ऋण सहकारी संस्था केहि वर्ष यता बाट चलाउँदै आएका थिए । उक्त सहकारीको अध्यक्ष भएर उनी आफैंले कारोबार गर्ने गरेका थिए । आफू नदेखिने गरी उनले राजधानीमै अर्को फालिङो भन्ने अर्को सहकारी पनि चलाएका थिए । त्यसको अध्यक्षचाहिँ ब्रिटिस क्याम्पमा महिनाको ७० हजार तलब खाएर काम गर्दै आएका बिगेश्वर राईलाई बनाएका थिए । बिगेश्वर ब्रिटिस क्याम्पमा महिनाको ७० हजार तलब खाएर काम गर्दै आएका ब्यक्ती हुन्। दुवै सहकारीका सेयरहोल्डर र बचतकर्ताको झन्डै १० करोड रुपैयाँ ठगेर उनि केहि समय दुबई बसेका थिए । पैसा ठगेपछि पीडितहरूले उनीविरुद्ध जिल्ला प्रहरी र जिल्ला सहकारी डिभिजन कार्यालय काठमाडौं उजुरी दिएका थिए । प्रहरीले उनलाई दसैंको मुखमा समेत गरी तीनचोटि पक्राउ गरेपछि केही पीडितहरूको पैसाा फिर्ता दिए पनि धेरैको नफर्काएपछि पाटन उच्च अदालतमा मुद्दा हालेका थिए । उक्त मुद्धा अझै फैसला भएको छैन।

अदालतमा मुद्दा परेको अभियुक्त निर्वाचनमा उम्मेदवार बन्न पाउँदैनन् । तर ठग राइका बिषयमा कसैले पत्तो नपाउदा चुनाब जितेको र ठगलाइ भोट हालेकोमा स्थानीयबासि पछुतोमा परेको बुझिएको छ। ती राइले एक जना कर्नेलकी श्रीमतीको ३० लाख पनि पचाएको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस
कसैको पार्टी टुक्र्याउन खोजे आफैं खाल्डोमा पर्नुहुन्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टी टुक्र्याउनेगरी कुनै कदम

बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने

    बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने तयारी गरेको छ । बुढानिलकण्ठ

एमाले बागमतीमा पुराना जगाऊँ, नयाँ बढाऊँ अभियान

    नेकपा एमाले वाग्मती प्रदेश कमिटीको सचिवालय बैठक सोमबार सम्पन्न भएको छ

घट्यो सेयर कारोबार

  मंगलबार सेयर बजार परिसूचक (नेप्से) ५ अंकले बढेको छ । २६०८ बिन्दुबाट