खेलको नियम मान्नु पर्ने माओबादीको तर्क,देउवालाइ ओलीले भने माओबादीलाइ छोडेर हामी तिर फर्क



सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले संसदमा विचाराधिन रहेको संविधान संशोधन प्रस्तावलाई एक/दुई दिनभित्रै निर्णयार्थ पेश गर्ने सरकारको तयारी रहेको स्पष्ट पारेका छन् । उनले भने,‘अब संशोधन प्रस्तावलाई टुँगो लगाउने निश्कर्षमा पुगिसकेका छौं, राजपाले अब परिणाम स्विकार्न तयार हुनुपर्छ, खेलको नियम मान्नुपर्छ, हामी ईमानदारितका साथ दुई तिहाई पुर्याउने कोशिश गरिरहेका छौं, प्रस्ताव फेल वा पास जे भएपनि राजपाले मान्नुपर्छ।’

उनले प्रस्ताव फेल भएपनि त्यही एजेण्डा बोकेर राजपा चुनावमा जान तयार हुनुपर्ने बताए । उनले थपे,‘एजेण्डा मर्ने कुरा हुँदैन, परिस्थिति अनुसार एजेण्डाहरुलाई अगाडि लैजान तयार हुनुपर्छ, हामीले पनि पहिले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेण्डा लिएका थियौं, पछि संविधान जारी गर्नको लागि यो एजेण्डामा हामी लचक भयौं, अहिले फेरि यही एजेण्डा बोकेर हामी निर्वाचनमा जान्छौं। ’
आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पुनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेपनि संशोधन प्रस्तावमा लचिलो बन्नुपर्ने धारणा राखे । उनले भने,‘एमाले पनि संशोधन गर्नैहुन्न भनेर अतिवादी चिन्तन बोकेर बस्नुहुँदैन, एमाले यो कुराबाट पछि हट्नुपर्छ, संशोधनको कुरा गर्दा राष्ट्रघाती देख्ने र विदेशीको प्रभावमा ल्याएको देख्ने एमालेको दृष्टिदोष हो, यसबाट एमाले मुक्त हुनुपर्छ।’ पुनले संशोधन नेपाली जनता र दलहरुको आवाज भएको स्पष्ट पारे ।

साक्षात्कारमा पुनले मधेशवादी दलहरुले पनि नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएको स्मरण गर्दै उनीहरुको जायज माँगलाई जतिसक्दो चाँडो सम्बोधन गरेर समस्याको समाधान गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै उनले संशोधन प्रस्ताव पारित भए नेपालको स्वाधिनता, समृद्धि, शान्ति र स्वाभिमानमा टेवा पुग्ने उल्लेख गर्दै भने,‘एमाले र मधेशवादी दलहरु दुई कित्तामा उभिएका छन्, यीनीहरुलाई मिलाउनको लागि नै अहिलेको कांग्रेस र माओवादी केन्द्रको मध्यमार्गी गठबन्धन बनेको हो।’ उनका अनुसार एमाले अहिले दक्षिणपन्थी कुरा गरिरहेको छ भने मधेशवादी दलहरु अतिवादको लाईनमा उभिएका छन् । तर कांग्रेस सभापति समेत रहेका प्रधान मन्त्री देउवा भने संसोधन दर्ता गर्न तयार छैनन् उनले हिजो एमाले अध्यक्ष केपी ओली संग दर्ता नगर्ने संकेत गरेका छन। हिजो दुइ नेता बीच ४५ मिनेट सम्म टेलिफोन सम्बाद भएको थियो।उक्त सम्बादमा ओलीले एमाले कांग्रेस मिलेर जानु पर्ने प्रस्ताब देउवालाइ राखेको श्रोतको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय