गृहमन्त्री शर्मालाइ उनकै शब्दका मानब दलालले दिए धम्की,मन्त्री बिरुद्व किन खेद ब्यक्त गरे



‘फ्रि–भिसा फ्री टिकटको प्रावधानलाई समेत हामीले नियमन गर्न सकेनौं,दलालहरुले त्यही फ्रि भिसा फ्री टिकट बेचीराखेका छन्, बाहिर १० हजार बुझाएको रसिद दिएर भित्र एक लाख रुपैयाँ असुलिरहेका छन् । केहि दिन पहिले गृह मंत्री जनार्दन शर्माले यसो भन्दै त्यस्तो समस्या समाधान गर्न प्रहरीको छुट्टै ब्युरो गठन गरेर परिचालन गर्ने संसदको अन्तर्राष्ट्रिय सम्वन्ध तथा श्रम समितीको बैठकमा बताएका थिए। गृह मंत्री जनार्दन शर्माको उक्त भनाइ र निर्णय संग तर्सिएर वैदेशिक रोजगार व्यवसायी संघले धम्की दिएको छ। मन्त्री शर्माको बैदेशिक रोजगारीमा जाने सिलसिलामा ठगिएका र दुःख पाएका युवा–युवतीहरुको समस्या समाधान गर्न प्रहरीको स्पेशल फोर्स बनाएर परिचालन गरिने अभिव्यक्तिपछि संघले शनिबार विज्ञप्ति निकालेर बिरोध जनाएको छ । उसले यस अघी जस्तै ठग्न पाउनु पर्ने आशयको माग समेत रहेको छ।

संघका अध्यक्ष रोहन गुरुङले विज्ञप्ती जारीगर्दै गृहमन्त्रीको घोषणालाई नजिकबाट नियाली रहेको बताएका छन । विज्ञप्तीमा भनिएको छ, ‘वैदेशिक रोजगारीका नाममा वेरोजगार नेपालीलाई विभिन्न प्रलोभन देखाई सेटिङमार्फत सिमाना कटाउने, विदेशमा बिचल्लीमा पार्ने, राहदानी र रकम असुल्ने बिचौलियालाई तह लगाउन खोजिएको हो भने ठिक छ । तर इजाजत प्राप्त म्यानपावर कम्पनीमाथी कारबाही गर्न खोजिएको हो भने संघ खेद प्रकट गर्दछ ।’ म्यानपावर कम्पनीलाई ठगको लान्छना नलगाउन चेतावनी दिँदै संघले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने सोचभए आफूहरुसँग छलफल गर्न आग्रह पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय