कामचोर कर्मचारीलाइ कसको साथ,राष्ट्र बैकमा किन मच्चियो उत्पात?



विनियमावली संशोधनले राष्ट्र बैंकमा तरङ्ग मात्र मच्चिएको छैन उत्पातै भएको छ । ११ वर्षअघि वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्तरगत राष्ट्र बैंक लगायत केही ठूला सरकारी बैंकमा ३० वर्षे सेवा अवधिको प्रावधान लागू गरिएको थियो । अहिले आएर त्यसैलाई निरन्तरता दिने कि नदिने भन्नेमा राष्ट्र बैंकका कर्मचारीहरु दुई ध्रुवमा बाँडिएका छन र त्यसैले उत्पात मच्चिएको बालुवाटारमा चर्चा छ ।

अहिले नेपाल राष्ट्र बैंकले कर्मचारी सेवा विनियमावली, २०६८ को संशोधन गर्ने क्रममा समेत उक्त कुरा समेटेपछि विवाद फेरि सतहमा आएको हो । बित्तीय सुधार कार्यक्रम सकिएको अवस्थामा सेवा अवधिको औचित्य समाप्त भइसकेको ठहर गर्दै एकथरीले ५८ वर्षे उमेर हद नै लागू गर्नुपर्नेमा जोड दिइरहेका छन् भने अर्का थरि ठिक त्यसको बिपरित उभिएका छन।

उक्त व्यवस्था हटाउँदा यसअघि माथिल्लो तहमा छिटोछिटो बढुवा पाएका कर्मचारीहरुले दोहोरो लाभ लिने भन्दै विरोध गरिरहनेको जमात पनि ठुलै छ । विनियमावली संशोधनको लागि गठन भएकै समितिमाथि नै पनि प्रश्न उठेको छ । जनशक्ति व्यवस्थापन बिभागका निर्देशक डा.गोपालप्रसाद भट्टसमेत अवकाश हुने दिनको पर्खाईमा रहेका छन् । उनलाई विनियमावली संशोधन समितिमा समेत राखिएकाले पनि राष्ट्र बैंकका उच्च अधिकारीहरुको नियतमाथि आशंका गर्न थालिएको छ । कर्मचारीहरुबीचको विवादका कारण समितिले विनियमावली संशोधनमा समेत ठोस प्रस्ताव दिन सकेको छैन ।

राष्ट्र बैंक कर्मचारी स्रोतबाट प्राप्त जानकारी अनुसार बैंकमा आगामी १० वर्षमा ३० वर्षे सेवा अवधिको कारण अवकाश पाउने सुचीमा ५ सय ६५ जना रहेका छन् । तीमध्ये २०७४ मा १ सय ४२ र २०७५ मा १ सय ५३ जनाले नै अवकाश पाउने छन् । २०७३ सालमा यही प्रावधानको कारण ५१ जनाले बैंकबाट अवकाश पाएका थिए । यसरी वार्षिक रुपमा बैंकबाट दक्ष जनशक्ति उमेर छँदै बाहिरिनु परेको कारण पुरानै व्यवस्था लागू हुनुपर्ने उमेरहदका पक्षधरहरुको तर्क छ । तर सेवाअवधिका पक्षधरहरु भने अर्कै तर्क गर्छन् ।

२०७३ सालमा सेवाअवधिका पक्षधर कर्मचारीहरुले निकालेको तथ्यांकअनुसार कार्यकारी निर्देशक तहमा पद रिक्त भएलगत्तै कम्तिमा १८ वर्षदेखि २९ वर्ष काम गरेको कर्मचारीले त्यो पद पुर्ति गर्ने अवस्था छ । त्यस्तै, निर्देशकमा कम्तिमा ११ वर्ष र उपनिर्देशकमा कम्तिमा ६ वर्ष बैंकमा काम गरिसकेकाले परिपुर्ति गर्न सक्ने अवस्था रहेकोले दक्ष जनशक्तिको अभाव भने नहुने उनीहरु बताउछन् ।

तर, ३० वर्षे अवधि हटाइनु पर्छ भन्ने पक्षमा रहेका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी भने यो कुरा स्वीकार गर्न तयार छैनन् । ‘हामीले ६ वर्ष काम गरिसकेकालाई अपरिपक्व भनेका छैनौं, तर अहिलेको व्यवस्था अनुसार अवकाश भइरहे बैंकमा प्रवेश गर्ने नवप्रवेशीहरुले तीन वर्षमा नै बढुवा पाउने अवस्था कायम रहिरहन्छ,’ शिवाकोटी भन्छन् ।
तर, ३० वर्षे सेवा अवधिको व्यवस्था पहिलो पटक आउदा छिटोछिटो बढुवा पाएका कर्मचारीहरु नै अवकाश समय नजिकिएपछि उमेर हदको कुरा गरिरहेको आरोप सेवा अवधिका पक्षधरहरुको रहेको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

    विशेषगरी उद्योगी एवम् व्यवसायीहरुले चासोका साथ हेरिएको मौद्रिक नीति भोलि शुक्रबार