देउवा र ओली बीच ४५ मिनेट टेलिफोन सम्बाद,कांग्रेस र एमाले नजिकिए,प्रचण्डले कसरी ग्रीन सिग्नल दिए



प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीवीच प्रदेश र केन्द्रिय संसदको निर्वाचन एकै चरणमा सम्पन्न गर्नेबारे सहमति भएको छ । लामो समयको तिक्तता पछि एमाले र कांग्रेस बीच सहकार्य हुने संकेत समेत देखिएको छ।

शनिबार विहानै प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीवीच टेलिफोनमा वार्ता भएको हो । फोन वार्तामा उनीहरुवीच प्रदेश र केन्द्रिय संसदको निर्वाचन एकै चरणमा गर्नेबारे सहमति भएको हो । स्रोतका अनुसार उनीहरुवीच आगामी मंसिरभित्रै एकै चरणमा निर्वाचन गर्नेबारे सहमति भएको हो । यो सहमति संगै अब फेरि एमाले र कांग्रेस बीच सम्बन्ध सुधार हुने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री देउवा निकट उच्च स्रोतका अनुसार दुई नेताहरुवीच आज ४५ मिनेट सम्म कुराकानी भएको थियो । त्यस्तै, दुई नेताहरुवीच संविधान संशोधन प्रस्ताव तत्काललाई थाँती राख्नेबारेमा पनि कुराकानी भएको हो । देउवाले ओली समक्ष गरेको बाचा अनुसार संबिधान संसोधनको प्रस्ताब संसदमा दर्ता गरिने छैन।पहिले दर्ता गरेको प्रस्ताब फिर्ता भईसकेको छ।

यता निर्वाचन आयोगलेपनि एकै चरणमा निर्वाचन गराउन स्विकृित दिएको छ ।त्यस्तै एकै चरणमा निर्वाचन गराउनको लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि प्रधानमन्त्री देउवाले विशेष कुराकानी गरेका छन् । प्रचण्ड पनि सकारात्मक रहेको श्रोतको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
ब्रेक शु भित्रको सुन निकालियो

  नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु

पहिरो फुट्दा कागबेनीमा बाढी

  पहिरो फुट्दा कागबेनीमा बाढीले क्षति गरेको पाइएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका(४ कागबेनी

एलओडी क्लबका दुई सञ्चालक नाबालिग बलात्कार घटनामा पक्राउ पुर्जी जारी

  १६ वर्षीया नाबालिगको ललितपुरमा बलात्कार भएको घटनामा प्रहरीले लर्ड अफ ड्रिंक्स (एलओडी)

प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता

    प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेट