देउवाको फोन पछी को-को छाँगा बाट खसे, थुइय गर्दै किन थचक्क बसे ?



कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठ बुधबार मन्त्री पदको शपथका लागि राष्ट्रपति भवन जान आफ्नो निवासमा हतार–हतार दौरा–सुरुवाल लगाउँदै थिए । त्यहीबेला उनको मोबाइलको घन्टी बज्यो । श्रेष्ठले फोन उठाएका मात्र थिए, उताबाट खबर आयो, ‘यसपटक सकिएन, तपाईंलाई अर्कोपटक ।’
प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिवले फोनमा ‘अर्कोपटक मात्र’ भनेपछि उनी ‘छाँगाबाट खसेझैं’ भए । प्रधानमन्त्री देउवाले बुधबार दिउँसो साढे २ बजे शपथग्रहणका लागि दौरा–सुरुवाल लगाउन पठाएका उनी आफ्नो नाम मन्त्रीको सूचीबाट एकाएक हटेपछि तीनछक परे । त्यति मात्र होइन, उनी चौथोपटक मुलुकको बागडोर सम्हालेका देउवाको ‘भद्रगोल शैली’बाट पनि चकित भए।
देउवाले उनलाई मात्र नभई शपथको तयारी गर्न भनेका अन्य सांसदलाई पनि मन्त्री बन्ने सूचीबाट हटाइएको भन्दै सचिवालयबाट जानकारी गराउन लगाएका थिए । त्यसपछि ‘पञ्चायतकालको यातनाभन्दा चरम दण्ड पाएको’ गुनासो देउवाको कार्यशैलीबाट रुष्ट सांसदले गर्न थालेका छन् । पार्टी सभापति एवं प्रधानमन्त्री देउवाले नै बालुवाटारमा रहेका सांसदलाई दौरा–सुरुवाल लगाउन पठाएका थिए । तर, उनीहरूलाई राष्ट्रपति भवन शीतलनिवास नपुग्दै मन्त्री बनाउन सकिएन भन्दै ‘बेइज्जत’ गर्ने काम भयो । आफूले बचन दिएकाहरूलाई मन्त्री बनाउन नसकेको खबर देउवाले स्वकीय सचिव केशव जोशीमार्फत प्रवाह गरेको पीडित सांसद बताउँछन् ।
श्रेष्ठ मात्र होइन, केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी, भीष्मराज आङ्देम्बेलगायत पनि देउवाको भद्रगोल शैलीबाट पीडित बनेका छन् । ‘मन्त्री भयौं भन्दै पार्टीका नेता, कार्यकर्ता, परिवारजन र शुभेच्छुकबाट शुभकामनासमेत आदानप्रदान गरिसकेका थियौं’, एक सांसदले भने, ‘यतिसाह्रो पीडित भइएला भन्ने कल्पना पनि थिएन ।’

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय