३३ किलो सुन तस्करी काण्डका पुलिसले पाए उन्मुक्ती, नवराज सिलवाललाइ आइलाग्यो फेरि अर्को झड्का



सुन तस्करलाई सघाएको आरोपमा पक्राउ परेर धरौटीमा छुटेका नेपाल प्रहरीका एसएसपी श्याम खत्रीलाई साधारण तारेखमा राख्न उच्च अदालत पाटनले आदेश दिएको छ । गत पुसमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले दुबई बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुदै बाहिरिएको साढे ३३ किलो सुन बरामद गरेको घटनामा मुछिएका एसएसपी खत्रीलाई सीआईबीले पक्राउ गरेर सुनको अबैध कारोबार तथा संगठित अपराध मुद्दा चलाएको थियो । सीआईबीले पक्राउ गरेलगत्तै उनि निलम्बनमा छन् । उनलाई नवराज सिलवालले समात्न लगाएका थिए।

सो मुद्दामा काठमाडौ जिल्ला अदालतका न्यायाधीश दिपेन्द्र अधिकारीको इजलासले निलम्बित एसएसपी खत्रीलाई २ लाख रुपैया धरौटी लिएर तारेखमा रिहा गर्ने आदेश गरेको थियो । रिहा भएपछि उनले जिल्ला अदालतको उक्त आदेशबिरुद्ध उच्च अदालत पाटनमा जिल्ला अदालतको आदेश बदर गरिपाउ भन्दै १७ नम्बर निवेदन दिएका थिए । उनको निवेदनमा सुनुवाई गर्दै उच्च अदालत पाटनका न्यायाधीशद्वय भिमकुमार ओझा र बलभद्र बास्तोलाको संयुक्त इजलासले २ लाख रुपैया धरौटी लिने जिल्ला अदालतको आदेशलाई बदर गर्दै साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।

उच्च अदालतले सुन तस्करलाई सघाएको आरोपमा काठमाडौ जिल्ला अदालतको आदेश बमोजिम मुद्दा पुर्पक्षको लागि थुनामा रहेका विमानस्थल भन्सारका कर्मचारी नायब सुब्बा श्यामकृष्ण श्रेष्ठको १७ नम्बर निवेदनमा सुनुवाई गर्दै उनलाई पनि धरौटीमा छोड्न आदेश दिएको छ । उनि भक्तपुर ठिमीमा अवस्थित मध्यपुर अस्पतालका संचालक समेत हुन् ।

सुन तस्करीमा मुछिएका एसएसपी खत्रीलाई गत माघ ३ मा नै अनुसन्धानका लागि भन्दै प्रहरी प्रधान कार्यालय तानिएको थियो । एसएसपी खत्रीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा १४ महिना कार्यकाल बिताएका थिए । कामविहिन बनाएर राखिएका खत्रीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले हेडक्वार्टरबाटै पक्राउ गरेको थियो ।
प्रहरी मुख्यालयबाट पक्राउ परेका खत्रीले विभिन्न फरक फरक नम्बरका तीन नम्बरबाट भन्सारमा कार्यरत भन्सार अधिकृत श्रीनारायण यादवसँग बारम्बार सम्पर्कमा रहेको अनुसन्धानले देखाएको थियो । ब्युरो स्रोतका अनुसार सुन तस्करीको अन्तराष्ट्रिय गिरोहसँग सेटिङमा संग्लनहरु भाइबर र स्काईप मार्फत सम्पर्ककमा रहेको कारण ब्युरोको अनुसन्धानमा कठिनाई भईरहेको थियो । विमानस्थलको एक्सरे मेसिन सँगै बस्ने तथ्यांक अधिकृत श्रीनारायण यादवले बयानका क्रममा एसएसपी खत्रीको नाम पोलेको थिए । यादवकै बयानका आधारमा ब्युरोले दुईबीचको टेलिफोन सम्पर्ककको जालो केलाएको थियो । अनुसन्धानको क्रममा ‘प्रत्येक दिन उनीहरुबीच तस्करीको सुन कसरी बाहिर पठाउने भन्नेबारे कुराकानी भएको देखिएको थियो ।’

 

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय