फेरि देखियो स्वाइनफ्लु, राजधानीमा एक परिवारको सबै सदस्यमा संक्रमण



हाम्रो इकोनोमि

राजधानीमा एक परिबारका सबै सदस्यलाई स्वाइनफ्लु देखिएको छ । काठमाडौँ कालिमाटी निवासी एक परिवारका तीन सदस्यमा स्वाइनफ्लु देखिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गराउँदा एच–१ एन –१ ‘पाण्डामिक फ्लुु २००९’ देखिए पछि परिवारै उपचारका लागि टेकुस्थित सहिद शुक्रराज ट्रपिकल अस्पताल पुगेका थिए ।

टेकु अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले परीक्षणका क्रममा एक परिबारका सबै सदस्यहरुमा एच–एन– देखिएको भन्दै उपचारको प्रक्रिया अघि बढेको बताए । उनले परिबारका श्रीमान् श्रीमती र विद्यालय तहमा अध्ययन गर्ने एक छोरामा एच–१,एन–१ पोजेटिभ देखिएको बताए ।

यसअघि हिजो मात्रै त्रिवि शिक्षण अस्पतालमा एक जना स्वाइनफ्लु भएका विरामीको ज्यान गएको थियो ।उता स्याङ्जाको वालिङमा संक्रमण बढेपछि स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट टोली खटिएको छ ।

प्रतिक्रिया दिनुहोस
मेयर बालेन्द्र शाहलाई पितृशोक

  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको निधन भएको छ ।...

मोरङमा दुई बालिकाको हत्या

गत २८ असारमा सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर किनारमा झाडीमा नग्न अवस्थामा एक बालिकाको...

देशभर सबै अस्पतालका नर्सहरू आन्दोलनमा

    न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न माग राख्दै नर्सहरू आन्दोलित...

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना

    नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ अस्वस्थ भएर अस्पताल भर्ना...