फेरि देखियो स्वाइनफ्लु, राजधानीमा एक परिवारको सबै सदस्यमा संक्रमण



हाम्रो इकोनोमि

राजधानीमा एक परिबारका सबै सदस्यलाई स्वाइनफ्लु देखिएको छ । काठमाडौँ कालिमाटी निवासी एक परिवारका तीन सदस्यमा स्वाइनफ्लु देखिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गराउँदा एच–१ एन –१ ‘पाण्डामिक फ्लुु २००९’ देखिए पछि परिवारै उपचारका लागि टेकुस्थित सहिद शुक्रराज ट्रपिकल अस्पताल पुगेका थिए ।

टेकु अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले परीक्षणका क्रममा एक परिबारका सबै सदस्यहरुमा एच–एन– देखिएको भन्दै उपचारको प्रक्रिया अघि बढेको बताए । उनले परिबारका श्रीमान् श्रीमती र विद्यालय तहमा अध्ययन गर्ने एक छोरामा एच–१,एन–१ पोजेटिभ देखिएको बताए ।

यसअघि हिजो मात्रै त्रिवि शिक्षण अस्पतालमा एक जना स्वाइनफ्लु भएका विरामीको ज्यान गएको थियो ।उता स्याङ्जाको वालिङमा संक्रमण बढेपछि स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट टोली खटिएको छ ।

प्रतिक्रिया दिनुहोस
रारा घुम्न गएकी सदीक्षाको मृत्यु

  मुगुको रारा क्षेत्र घुम्न आएकी काठमाडौं महानगरपालिकाकी ३० वर्षीया सदीक्षा घिमिरेको उपचारका...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...