बलात्कारी जोगाएको बात लागेका पुलिसलाई गृहमन्त्रीको लात, गृहमन्त्री बिरुद्व लागेका दासले अदालतबाट पाए यसरी साथ



एसपी बढुवा सिफारिसमा परेका नेपाल प्रहरीका डीएसपी संजिव शर्मा दासको निलम्बन सम्बन्धि निर्णय यथास्थितिमा राख्न सर्बोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । रामेछापको प्रहरी प्रमुख रहँदा बलात्कार पछी हत्याको आरोप लागेका अभियुक्तलाई उन्मुक्ति दिएको बात लागेका उनलाई गृहमन्त्री जनार्दन शर्माको ठाडो निर्देशनमा अस्ति साउन ४ गते निलम्बन गरिएको थियो । सामाजिक संजालमा दासको बिरोध भए पछि मन्त्रीले निलम्बन गर्न उर्दी गरेका थिए।

निलम्बनपछी डीएसपी दासले आफ्नो निलम्बन गैरकानुनी रहेको जिकिर सहित सर्बोच्च अदालतमा रिट दायर गरेका थिए । त्यसबेला कारबाही स्वरूप आफुले नसिहत पाएको र एउटा आरोपमा दोहोरो कारबाही गरेर आफू माथी अन्याय गर्न थालिएको उनको मागमा सर्बोच्च अदालतका प्रधानन्यायधिस गोपाल पराजुलीको एकल इजलासले उनि बिरुद्धको निलम्बन लगायतका कारबाहीका प्रक्रिया यथास्थितिमा राख्न बिपक्षीका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

डीएसपी दासले गृहमन्त्री जनार्दन शर्मा, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई बिपक्षी बनाएर गत सोमबार सर्बोच्चमा रिट दायर गरेका थिए । सुनुवाईको क्रममा सर्बोच्चले बिपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

डीएसपी बाट एसपी बढुवामा ३५ नम्बरको सिफारिशमा रहेका संजीव शर्मा दास ६ वर्ष अगाडि रामेछापको लिखु गाउँपालिका २ सैपुकी १४ वर्षीया सुन्तली तामाङको बलात्कार अनि हत्यामा संलग्न आरोपीलाई सहयोग गरेको आरोपमा हेडक्वार्टर तानिएका थिए। उनीसँगै घटनालाई दबाएको र पीडितलाई सहयोग नगरेको भन्दै १२ जना प्रहरीलाई कारबाही गरेको थियो।

तत्कालीन सैपू गाविस वडा नम्बर १ को सिरिसे कवैटार भन्ने ठाउँबाट ०६८ माघ ५ गते हराएकी सुन्तलीको शव १५ दिनपछि लिखु खोलामा झोलाको फित्ताले घाटीमा बाँधेको अवस्थामा फेला परेको थियो । उनको बलात्कारपछि हत्या भएको थियो । छोरीको हत्याबाट विक्षिप्त बनेकी आमा डिल्लीमाया तामाङले जिल्ला प्रहरी कार्यालयमा छिमेकी पोकुका श्याम राउत र प्रदीप राउत विरुद्ध किटानी जाहेरी दिएकी थिइन् । तर, रामेछापका तत्कालीन प्रहरी प्रमुख रहेका दासले अनुसन्धान नै नगरी राउतलाई हाजिरी जमानीमा रिहा गरेपछि यो प्रकरण चर्चामा आएको थियो।बलात्कारी अभियुक्त छुटेपछि उल्टै उनीहरुले गुण्डा लगेर डिल्लीमायालाई समेत मार्ने धम्की दिएका थिए । हत्याराको धम्कीपछि पीडित परिवार विस्थापित भएर ६ महिनासम्म सिन्धुलीमा बसेका थिए ।

प्रतिक्रिया दिनुहोस
वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना

प्रधानमन्त्री लाई ‘हिटलर’को संज्ञा दिने दुई युट्युबरको संसद् प्रवेश पास निलम्बन

  संघीय संसद् सचिवालयले दुईजना युट्युबरको प्रवेश पास निलम्बन गरेको छ । प्रधानमन्त्री

कसैको पार्टी टुक्र्याउन खोजे आफैं खाल्डोमा पर्नुहुन्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टी टुक्र्याउनेगरी कुनै कदम