प्रधानमन्त्रीले खाल्डा पुर्न निर्देशन दिनु पर्दैन,खाल्डा कसले पुर्नु पर्ने हो मलाई राम्रोसँग थाहा छ



भौतिक योजना तथा यातायातमन्त्री विरबहादुर बलायरले अबदेखि सडकमा खाल्डाखुल्डीहरुको सास्ती सर्वसाधारणहरुले भोग्न नपर्नेे बताएका छन् ।
उनले भने,‘सडकका खाल्डाखुल्डीहरु पुर्नको लागि प्रधानमन्त्री शेरबहादुर देउवाजीले निर्देशन दिएपछि अहिले धमाधम काम भैरहेको छ, मैले पनि मन्त्रालयमा आउनेवित्तिकै सम्बन्धित निकायलाई यसबारेमा निर्देशन दिईसकेको छु, खासमा भन्ने हो भने यो कामको लागि प्रधानमन्त्रीले निर्देशन दिरहनुपर्ने थिएन, यो अत्यन्त दुःखदायी कुरा हो, कसले यो काम गर्ने हो भन्ने कुरा मलाई राम्रोसँग थाहा छ, निर्देशन दिईसकेकोछु।’’

शुक्रबार बधाई तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रममा बोल्दै नवनियुक्त मन्त्री बलायरले सडकका देखिएका खाल्डाखुल्डीहरुको बारेमा प्रधानमन्त्रीजस्तो व्यक्तिले बोल्नु नै बिडम्बना भएको स्पष्ट पारे । उनले भने,‘खाल्डाखुल्डीहरु पुर्न भनेर प्रधानमन्त्रीले बोल्नु भनेको विडम्बना हो, तर प्रधानमन्त्रीले जनताले भोगेको सास्ती र समस्या देखेर यस्तो निर्देशन दिनुभएको ,उहाँको निर्देशन अनुसार अहिले धमाधम काम भैरहेको छ।’

कार्यक्रममा बोल्दै उनले मेलम्ची खानेपानी आयोजनाका कारणले काठमाडौंका सडकहरुमा खाल्डाखुल्डीहरु भएका र धुलाम्य भएको स्पष्ट पारे । उनले भने,‘अब यसको लागि पनि हामीले विकल्प सोचिसकेका छौं, सेगमेन्टवाईज अनुसार काम भैरहेको छ, अहिले नै खाल्डाखुल्डीहरु पुर्ने र यी समस्याहरु कसरी समाधान गर्ने भन्नेबारे गृहमन्त्रीसँगपनि छलफल भैरहेको छ।’

त्यस्तै उनले आफूले दैनिक १५ घण्टा काम गर्ने भनेर सार्वजनिक प्रतिबद्धता जनाएअनुसार पछिल्ला दुई दिनमै आफूले गरेको प्रतिबद्धता अनुसार त्यो भन्दापनि बढि नै १६ घण्टासम्म काम गरिसकेको दाबी गरे । उनले आफूलाई कुनै विलासिताबारे सोख नभएको समेत जिकिर गरे । उनले भने,‘म त मन्त्रीको सपथग्रहण गर्न जाँदापनि सार्वजनिक यातायात चढेर गएको थिएँ, त्यसैले मलाई यस्तो विलासिताको बारेमा कुनै सोख छैन, जीवनको अधिकांश समय संघर्षमा विताएको र हत्केलामा मृत्युलाई राखेर हिँडेको मान्छे हुँ, त्यसैले मेरो पूरा ध्यान भनेको नै विकास हो, र जनतालाई कसरी सम्पन्न गर्न सकिन्छ भन्ने नै हो।’

मन्त्री बलायरले काठमाडौंमा देखिएका धुलो र टा«फिक जामको समस्या छिट्टै हल गर्ने समेत जनाए । उनले भने,‘अहिले काठमाडौंमा धेरै धुलोको समस्या छ, यसलाई हल गर्नको लागि हामी सम्बन्धित निकायका सबै अधिकारीहरु बसे छलफल गरेका छौं, त्यस्तै सडक जामको बारेमापनि म हिजोमात्रै उक्त समस्या कसरी समाधान गर्न सकिन्छ भनेर स्थलगत निरिक्षणमा गएको थिएँ।’ उनले आफू काम गर्नको लागि आएको उल्लेख गर्दै भने,‘मलाई कुनै चर्चा कमाउनु छैन, म सेलिब्रेटी बन्न आएको होईन।’

 

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय