यस अघि भएको स्थानीय तहको चुनाबमा ठुलो दल बनेको एमालेले असोज २ गते हुने २ नम्बर प्रदेशका ८ जिल्लालाइ टार्गेट बनाएको छ।त्यसका लागि एमालेका नेताहरुले २ नम्बर प्रदेशलाइ मुकाम बनाएर जित आफ्नो पोल्टामा पार्ने कसरत गरिरहेको छ। राजपाका नेताहरुले एमालेलाई मधेशमा पस्न नदिने बताएका बेला एमालेले मधेशमा राम्रो उपस्थिती देखाएको छ। अहिलेदेखि नै जनमत आफ्नो पक्षमा पार्ने रणनीति अख्तियार गर्दै आएको एमालेले त्यहाँ नया नया अभियान संचालन गरिरहेको छ।
दुई नम्बर प्रदेशका सिराहा, सप्तरी, मोहत्तरी, धनुषा, सर्लाही, रौतहट, बारा र पर्सामा एमाले केन्द्रीय सचिवालयले शीर्ष नेताहरुलाई चुनावको तयारीमा खटाए पछि केन्द्रिय राजनीतिमा तरंग उत्पन्न भएको छ। रौतहटमा पूर्व प्रधानमन्त्री समेत रहेका एमाले नेता माधब नेपाल नेपाली भाषामा भएको संबिधान उल्था गर्दै त्यहाँका मधेशी समुदायलाई विभेद नभएको बुझाउदै हिड्न थालेका छन। संविधान साथमा लिएर हिँडेका उनले केही दल र नेताहरुले संविधानले विभेद गरेको भन्दै अफवाह फैलाएको आरोप लगाएका छन् । संविधान संशोधनको विपक्षमा उभिँदै आएको एमालेले संविधानमा व्यवस्था गरिएका मधेश र मधेशीलगायतको हक अधिकारका बारेमा गाउ गाउ पुगेर जानकारी गराउन थालेको हो।
एमालेले प्रदेश नम्बर २ को वीरगञ्ज, जनकपुर र लहानमा केन्द्रीय सचिवालय खोलेर एमालेले आठ जिल्लामा चुनावी रणनीति बनाउन लागेको हो। प्रभाब शाली नेता सबै मधेश झरेर आफ्नो पक्षमा माहोल बनाउन जुटिरहेका बेला सत्ताधारी दलका नेता भने राजधानीमा थुप्रिएका छन। एमालेले महासचिव ईश्वर पोखरेलको कमाण्डमा पार्टी पदाधिकारीलाइ मधेशमा पठाएको हो।
महासचिव पोखरेलले वीरगञ्जमा बसेर चुनावी रणनीति बनाउँदै पर्सा जिल्ला हेर्नेछन् । यस्तै उपमहासचिव बिष्णु पौडेल बारा र अर्का उपमहासचिव घनश्याम भुसाल रौतहटमा खटिने एमालेले जनाएको छ । मैथिली भाषामा पोख्त नेताहरु गाउ गाउमा पुगेर जनता संग साक्षात्कार गर्दैछन।
सचिवहरु गोकर्ण विष्ट सर्लाही, योगेश भट्टराई धनुषा, पृथ्वीसुब्बा गुरुङ महोत्तरी, भीम आचार्य सप्तरी, प्रदिप ज्ञवाली सिराहामा खटिएका छन भने ।
२ नम्बर प्रदेश संयोजक सत्यनारायण मण्डल, सहसंयोजक नागेन्द्र चौधरीलगायतका नेताहरु पनि आबश्यकता अनुसार अन्य जिल्लामा चुनाबी अभियानमा होमिएका छन। मानसरोबर बाट आज राजधानी आइपुगेका अध्यक्ष केपी ओली पनि केहि दिनमा मधेश झर्दै छन। अन्य पार्टीका प्रभाब शाली नेता भित्र्याउने रणनितीमा पनि एमालेले जुटेको छ। एमालेले राजपाका एक दर्जन प्रभाबशाली नेतालाइ पार्टी प्रवेश गराउदै छ।