सांसद पनि महिला बेच्ने दलाल,दलालले घेरे पछि मन्त्रीले भने मानब तस्करको पोल खोल्दिउ ?



मानब तस्करको संजालले सिंगो मुलुक कब्जा गर्न खोजेका प्रसङ्ग हरु बेला बखत आउने गर्दछन। पछिल्ला दिनमा एकजना मन्त्रीले प्रभाबशाली नेता र साम्सदले मानब तस्कर र दलाल बोकेर यो र उ गर्दे भन्दै हैरान बनाएको तथ्य बाहिर ल्याएका छन। मानव तस्करीको जालोमा नेताहरु त बिकिसकेको बुझेका ती मन्त्रीलाइ हरेक दिन सयौं फोन आउँछ, सबैको धाउन्न खाडी मुलुकमा कामदार पठाउने रोक्का फुकुवा गरिदिनुपर्यो भन्ने मात्र हुन्छन। यस्तै फोनले हार्दिक्क बनेका श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुरले केहि दलाललाइ त नराम्ररी झपारेका समेत छन।

खाडी मुलुक कुवेत, कतार, साउदीलगायमा घरेलु कामदार पठाउन सरकारले गत चैतमा रोक लगाएको छ । युवतीहरुमाथि चरम यौनशोषण भएको, मानसिक र शारीरिक यातना दिइएको, तलव नदिई लखेट्ने गरिएको, एक मालिकले अर्कोलाई बेच्दै जाने गरेकोजस्ता अनगिन्ति उजुरी आएपछि सरकारले खाडीमा घरेलु कामदार पठाउन रोक लगाएको थियो । अहिले त्यसैलाई खुलाउन मन्त्री साम्सद र नेताले दबाब दिने गरेको मन्सुरले बताएका हुन्।

देशी र विदेशी मानव तस्करहरुले नेपाली युवतीहरुको माग बढेपछि नेताहरुलाई हतियार बनाएर मन्त्रीलाई दबाब दिएको मन्त्रीको दावी छ । स्वयम् मन्त्री त्यस्तो दबाब खेप्न नसकेर आजकल नेताहरु त पैसामा बिकिसकेछन् भन्न थालेका छन् ।

मन्त्रीले संसदको श्रम समितिमै पुगेर नेताहरुले प्रतिवन्ध हटाउन दिनदिनै दबाब दिइरहको गुनासो गरेपछि यो खुलासा भएको हो । मन्त्रीकै शव्दमा ‘सांसद एवं नेताज्यूहरूले भेट्नुपर्यो मन्त्रीज्यू भन्नुहुन्छ, कसरी हुन्न भनौं’, उनले भने, ‘भेटौं न त भन्यो मानव तस्करका दलाल लिएर आउनुहुन्छ । तिनै तस्करका अगाडि नेताहरूले घरेलु कामदार लैजान फुकुवा गरिदिनुपर्यो भन्नुहुन्छ, खै के भनौं ।’
हुन् पनि पार्टी पिच्छे जोडिएका मानब तस्करको संजाल झन् डरलाग्दो छ। मेनपावर व्यवसायमा जोडिएका दर्जन सांसदले उक्त प्रतिबन्ध हटाउन दलाल लिएर मन्त्रालय धाउने गरेका छन। मन्त्री मस्नुर बढी दबाब दिए दलाल र साम्सद्कै नाम सार्बजनिक गरिदिने मुडमा पुगेको श्रोतको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय