पर्खाल मन्त्रीलाइ किन हाने देउवाले छारो,४५ बर्षे इगोले मन्त्री बन्ने बेला यसरी हाल्यो तगारो



भनिन्छ राजनीतिमा कहीँ पनि स्थायी शत्रु र मित्र हुँदैनन् । तर, नेपाल मात्रै यस्तो देश हो जहाँ नहुने कुरा पनि हुन्छ । नेपाली काँग्रेसका दुई शीर्ष नेताहरू ४५ वर्ष अगाडिदेखि आजसम्म एक अर्कालाई दुश्मनकै रूपमा हेर्छन भन्दा तपाईलाई अचम्म लाग्न सक्छ तर अचम्म नमान्नुहोस, प्रधानमन्त्री देउवा र काँग्रेस नेता बलबहादुर केसीबीच २०२९ सालदेखि रहेको इगो आजको दिनसम्ममा पनि उस्तै रहेछ । बल वहादुर केसी यो पटकको मन्त्री बिस्तारमा पटक पटक चर्चामा आएर पनि किन मन्त्री भएनन् ? कारण प्रधानमन्त्री देउवा नै रहेछन् ।

दुर्इ नेताबीच ४५ वर्ष अघि चिसिएको सम्बन्ध कहिले हार्दिक बन्न सकेन । २०२९ सालमा नेपाल विद्यार्थी सँघको प्रथम अधिवेशन हुँदा शेरबहादुर देउवासँगै केसीले पनि सभापतिमा उम्मेदवारी दिने धारणा बनाएका रहेछन । तर स्वयं वीपी कोइरालाको आग्रहमा केसी ब्याक भएर देउवा निर्बिरोध भएका रहेछन् । यसरी चयन भएका देउबाले केन्द्रिय समितिमा समेत नराखेर केसीलाई अपमान गरेको जानकारहरू बताउँछन । यी दुई नेताबीच इगो जन्मिएको घटना यही रहेछ । देउवाले सात वर्षसम्म महाधिवेशन नै नगरी नेविसंघमा अध्यक्ष पद ओगटेछन् । यति गर्दापनि कोइराला परिवारले देउवाको समर्थन गर्नुलाई देउवा कतिसम्म कोइराला इतर रहेछन भन्ने स्पष्ट हुन्छ । २०३५ को अन्त्यतिर जव पाकिस्तानमा सैनिक सरकारले जुल्फीकर भुट्टोलाई फाँसी दियो ।

त्यसको विरोधमा काठमाण्डौमा भएको प्रर्दशनको नेतृत्व बलबहादुर केसीले गरे । ताहाचाल क्याम्पसका नेविसंघका यूनिट सभापतिको हेसियतमा मात्र रहेका केसीको सबैतिर हाई हाई भएको त्यो वेला नेविसंघका केन्द्रीय सभापति देउवा भने पुरै छाँयामा परे । बलबहादुर नेतृत्वले गरेको प्रर्दशनलाई धोका हो भन्दै अर्को समूहले बल वहादुर समूहलाई आक्रमण ग-यो र कालोमोसो दलेर बजार घुमाएको थियो । त्यसमा देउवाका मानिसहरू भएको केसीसमूहले आरोप लगायो । यो बिषयमा विवाद हुँदा देउवा र केसीविच हातहाल नै भएको निकटस्थहरू बताउँछन ।

केसी नेतृत्वले गरेको प्रर्दशनको भोलीपल्टै राजा बीरेन्द्रले जनमत संग्रहको घोषण गरेका थिए । राजनीतिक परिवर्तनका लागि यो आन्दोलनको ठूलो भूमिका रहेको अधिवेशन नगराएका देउवा केसीसामु फिक्का हुँदै गए । २०३६ देखि २०४८ सम्म केसी हाबी हुँदा देउवालाई त्यही समयमा बिदेश पढ्न पठाइयो । तत्कालिन पार्टी सभापति कृष्णप्रसाद भट्टराईको खास मान्छे भनेर चिनिएका केसी २०४८ पछि जब काँग्रेसमा गिरिजाप्रसाद कोइराला हाबी भए त्यसपछि किनारा लाग्दै गए । विदेशवाट फर्किएपछि देउवा एकैचोटी गिरिजापसादको किचन क्याविनेटमा परे र २०४८ सालमा एकैपटक गृहमन्त्रालयको कमान सम्हाले ।

२०४८ पछि देउवाको राजनीतिको ग्राफ उकालो लाग्यो भने केसीको औसत रह्यो । गृहमन्त्री हुँदै राणा खान्दानलाई ससुराली बनाएका देउबा गृहमन्त्रीमात्रै होइन,२०५२ मा प्रधानमन्त्री नै बने । अहिलेसम्म देउवा चार पटक यो देशको प्रधानमन्त्री बने । उता बल बहादुर भने किसुलजीको कृपाले एक दुइ पटक मन्त्रीसम्म बन्न भ्याए । मन्त्री हुँदासम्म अविवाहित केसी मन्त्री हुँदाकै समयमा केटी प्रकरणमा मुछिए र नराम्ररी बदनाम भए । यो घटनाले केसीको राजनीतिक इतिहासको पारो फदमै पुग्यो । यसपछि यी दुर्इ नेताको कहिल्यै प्रतिस्पर्धा नै भएन । एकजना धेरैमाथि पुगे, अर्काे धेरै तल । तर २०५९ सालमा देउवाले संसद विघटन गर्दा प्रजातन्त्रको घाँटी निमोठियो भन्दै केसी आक्राेशित भएर देउवाको कठालो समाउन पुगेको जानकारहरू बताउछन ।

अहिले के भयो त ?
प्रधानमन्त्री देउवाको मन्त्रीपरिषद् बिस्तार दुर्इ महिनासम्म हुन सकेन, कारण थिए बल बहादुर । बरिष्ठ नेता रामचन्द्र पौडेल बल बहादुरको नाम दिन्थे, शेर बहादुर काटिदिन्थे । पौडेल अड्डी लिन्थे, देउबा झर्किन्थे । देउवाले पौडेललाई स्पष्ट ?पमा बलबहादुरको नाम त हुँदै हुँदैन, नारायण खडका र मीनेन्द्र रिजालको पनि हुँदैन भन्ने गरेको काँग्रेस कै एक नेताले जानकारी दिए । खडका र रिजाल दुवै देउवा क्याम्प छाड्ने नेता हुन् ।

रामचन्द्रले अडान लिएपछि महामन्त्री शशांक कोइरालालाई हात लिएर बल बहादुरको नाम कटाउन देउवा सफल भएको श्रोतको दाबी छ । बलबहादुर विगतमा कोइराला विरोधी थिए भनेर महामन्त्री कोइरालालाई फकाउन देउवा सफल भएको देखिन्छ । महामन्त्री कोइरालाबाटै बलबहादुर अस्वीकृत भएपछि हैरान भएका पौडेलले पनि पर्वतका अर्जुन जोशीलाई मन्त्री नबनाउने शर्तमा बलबहादुरको नाम फिर्ता लिन राजी भएको बताइन्छ । जोशी केही समय पहिले पौडेल क्याम्प परिवर्तन गरेर देउवातिर गएका थिए ।

मन्त्रीपरिषद विस्तार भएर सपथ हुँदा कोही मन्त्री चप्पल लगाएर शितल निवास पुगे त कोही अन्तिम समयमा नाम काटिएपछि दौरा सु?वाल लगाएर घरमै बस्न बाध्य भएका खबर आए । यसो हुनुको मुख्य कारण माथि उल्लेख भएजस्तै नेता नेताबीच अस्वस्थ्य राजनीतिक इगो नै हो । अन्तिम समयमा नाम काटिने र थपिने भएपछि हुनै नै यही हो । काँग्रेस कार्यकर्ताहरुबाटै नेताहरुविचको इगोको बारेमा यति जानकारी पाएपछि नेपाल जर्नलले नेता बलबहादुर केसीसँग सम्पर्क ग-यो र सोध्यो ? यति धेरै चर्चामा आएर पनि मन्त्री परिषद विस्तारमा पर्नु भएन नि, किन ? केसीको जवाफ थियो “यस विषयमा बोल्दिन, नो कमेण्ट” ।कांग्रेस वृत्तमा बलबहादुर पर्खाल मन्त्रीका रुपमा परिचित छन।                                                                                                                             नेपालजर्नल  

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय