लोकमानका चेलालाइ अख्तियारको साँचो,दुइ उपप्रधानमंत्री सहित आधा दर्जनलाइ लगाउदै छन सनासो



अख्तियार दुरुपयोग अनुसन्धान आयोग दिप बस्न्यातको कब्जामा परेको छ ।लोकमानसिंह कार्कीको बर्हिगमन पछि अख्तियारमा उदाएका बस्न्यात यतिबेला नयाँ लोकमानको भुतका रुपमा उदाउन थालेका छन् । हुन् बस्न्यात लोकमानका चेला हुन् । लोकमान अर्थ सचिब हुदा दीप भन्सार विभागका महानिर्देशक थिए। र अख्तियारको आयुक्त बनाउन पनि कार्कीले ठुलो सहयोग गरेका पनि थिए।राप्रपाको कोटा बाट सुर्य बहादुर थापाको ठाडो शिफरिसमा अख्तियार छिरेका दीप माथि नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोप पनि छ।

पछिल्लो समय उनले शक्तिको चरम दुरुपयोग गर्दै प्रतिसोध साध्ने र आफूखुसी निर्णय गर्ने गरेको अख्तियार शुत्रको दावी छ । उनले अख्तियारका अन्य अधिकारीलाई ‘आफू पावरफुल’ भएको भन्दै आफ्नो कब्जामा लिएका छन् । आफु भन्दा पनि एक्लो छोराले भनेका दाम वाला काम गर्नमा दीप बढी चासो राख्छन।

कोही आफ्नो बारेमा ‘चु’ बोले तुरुन्तै कारबाही गर्ने रणनीति बस्न्यातको छ । यसैले गर्दापनि होला यतिबेला अख्तियार विवादमा पर्दै गएको छ ।
जानकारहरुका अनुसार अख्तियारका प्रमुख बस्न्यातले प्रतिसोध साध्न पछिल्लो समय अख्तियारको दायरा नाघि आफूखुसी निर्णय गर्न लागेका छन् ।

उनले उजुरीहरुमा चरम बार्गेनिङ समेत गर्ने गरेको बताइन्छ । यस्तै, लामोसमयदेखि विवादास्पद बनेको अख्तियारको दायरा सुधार्न उनले कुनै कोशिस नगरेको अख्तियारकै कर्मचारी बताउछन् । यसले उनको काम गर्ने शैलीबाट सरकारसमेत सन्तुष्ट नरहेको एक संसदले बताए ।

केही दिन अघि संसदिय समितिमा समेत बस्न्यातको कुरा उठेको थियो । पछिल्लो समय मुलुकमा चरम बेथिती मौलाएपछि अख्तियारले भनेअनुसारको काम नगरेको भन्दै संसदहरुले आक्रोस पोखेका थिए ।
उसो त, अख्तियार प्रमुख पाउँदानै सर्टिफिकेट प्रकरणबाट दाग लागिसकेका बस्न्यातको छवि त्यती राम्रो छैन् । उनी ०६३ सालमा कर फस्यौट आयोगको समितीमा सदस्य सचिव रहँदा आयोगले मुल्य अभिवृद्धी कर १ सय १६ कम्पनीलाई छुट दिइएको पाइन्छ ।

छुट दिएका कम्पनीहरुबाट न्यूनतम रकम समेत उठाइएको छैन भने मनोमानी ढंगले छुट दिएको पाइन्छ । जानकारहरुका अनुसार बस्न्यात सहितका अधिकारीहरु प्रलोभनमा परि सो अर्बौं रकम छुट दिएको दावी छ ।
अख्तियारकै प्रमुख आयुक्त रहेको तत्कालिन समितिले कश्मा टेडस प्रालि, त्रिवेणी सिन्थ्टिक इर्न प्रा.लि, राम्चे ट्रेडर्स सिन्धुपाल्चोक लगायतका कम्पनीलाई छुट दिएका थिए ।

स्रोतका अनुसार बस्न्यात समितिमा रहँदा ०६३ को आयोगले विवादीत करको अंक २५ अर्ब रहेकोमा ४ अर्ब उठाएर बाँकी २१ अर्ब रुपैयाँ चाहिँ छुट दिएको थियो ।२१ अर्ब रुपैयाँ मिनाहा गर्ने तत्कालीन अयोगका सदस्यसचिव बस्न्यात यतिबेला शक्तिको आडमा बचिरहेका छन् । उनी प्रमुख रहेको आयोगले उनलाई कुनै समय नियन्त्रणमा लिएको थियो। तर राप्रपाका नेता तथा पूर्व मंत्री हरि बहादुर बस्नेतका नातेदार भएका कारण सुर्य बहादुर थापाको सहयोगमा उनि बाल बाल बचेका थिए। यदि हरि बहादुर त्यो बेला पावरमा नभएको भए बस्न्यातको हालत पनि चुडामणी शर्मा सरह हुन्थ्यो।

अहिले बस्न्यातले रामशरण महत लगायतका आधा दर्जन लाइ सिध्याउने योजना बनाएका छन।केहि पूर्व सचिब र सहसचिब पनि उनको निशानामा परेको बताइन्छ। बिजय गच्देदार भौतिक मंत्री हुदाका सचिब बस्नेतले गच्देदारलाइ समेत टार्गेट गरेको श्रोतको भनाइ छ। त्यस्तै कृष्ण बहादुर महरा प्रति पनि उनको आखा सोझिएको बताईन्छ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय