तह लाग्ने भए ठग म्यानपावर र दलाल,गृहमन्त्री शर्माले यसरी गर्दैछन हलाल



गृहमन्त्री जनार्दन शर्माले विदेशमा रोजगारी दिने बाहानामा ठग्ने क्रम बढेको भन्दै त्यस्तालाई तह लगाउन विदशेमा अलपत्र परेकाको उद्धाका लागि पहल गर्न प्रहरीको विशेष फोर्स परिचालन गरिने बताएका छन् । सरकारले वैदेशिक रोजगारीमा जाने सिलसिलामा ठगिएका र दुःख पाएका युवाहरुको समस्या समाधान गर्न प्रहरीको स्पेशल फोर्स चाडै बनाउने भएको छ ।

ठगीएको पैसा फिर्ता नपाउँदा धेरै घरबारविहीन भएका छन्, त्यस्तो समस्या समाधान गर्न प्रहरीको छुट्टै ब्युरो गठन गरेर परिचालन गर्नेगरी गृह मन्त्रालयले तयारी गरिरहेको छ । मन्त्रालयले उक्त काम गरेपछि सोझा सिधा नेपाली ठगिन बाट जोगिने भएका छन।
‘उक्त ब्युरोलाई वैदेशिक रोजगारीको सिलसिलामा दुःख पाएका हरुको समस्या समाधान गर्ने जिम्मा दिइने छ’ मन्त्री शर्माले भने, ‘धेरै नेपाली कामदार भएका देशहरुमा प्रहरीको अफिसर पठाएर समस्या समाधान गर्नेबारे पनि तयारी गरिरहेका छौं ।’
वैदेशिक रोजगारको समस्या समाधान गर्न सरोकारवाला मन्त्रालय, विभाग र मेनपावर कम्पनीहरुको बीचमा समन्वयको अभाव भएको उल्लखे गर्दै उनले भनेे, ‘अवैध रुपमा विदेशीनेहरुलाई रोकथाम गर्नका लागी अध्यागमनको क्षमता अभिवृद्धि गर्नेतिर गृह मन्त्रालयले तयारी गरिरहेको छ ।’

‘वैदेशिक रोजगारीमा जाने प्रक्रिया जटिल छ, त्यसलाई सहज बनाउन जरुरी छ’ मन्त्री शर्माले भनेे, ‘हामीले तत्काल वैदेशिक रोजगारीमा जान चाहनेहरुलाई रोक्न नसक्ने हुनाले थप सहज बनाउन सम्बििन्धत मन्त्रालयले सोच्नुपर्छ ।’
‘ फ्री भिसाको प्रावधानलाई समेत हामीले नियमन गर्न सकेनौं’ मन्त्री शर्माले भने, ‘दलालहरुले त्यहि भिसा बेचिराखेका छन्, बाहिर १० हजार बुझाएको रसिद दिएर भित्र लाख-लाख रुपैयाँ असुलिरहेका छन् ।’ शर्माको यो योजना संगै मानब तस्करको निद हराम भएको छ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय