खन्चुवा एआईजी बिरुद्व अख्तियारमा उजुरी,बन्दोबस्तीको सामानमा कति कुम्ल्याए



सुरक्षा फौजको अड्डा सशस्त्र प्रहरी बल घोटला गर्नेहरुको संगठनका रुपमा बिकशित हुदै गएको छ।उक्त बलका प्रमुख हरु सबै भ्रस्टाचार काण्डमा जाकिएका छन।
सशस्त्र प्रहरी बलका एआईजी पुष्पराम केसी, डीआईजी नगेन्द्र थापा, तत्कालिन खरिद अधिकृत डीआईजी चिरञ्जिबी अधिकारीको मिलोमतोमा करोडौं घोटला भएको भन्दै अख्तियार दुरूप्रयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । विपत् व्यवस्थापनलाई आवश्यक पर्ने सामनहरू खरिद गर्दा व्यापक भ्रष्टाचार भएको भन्दै आयोगमा उजुरी परेको हो । हालसालै पर्शुराम खतिवडाबाट खरिद गरिएको मोटरबोटको ईन्जिन नै नचल्ने, सोलार काम नलाग्ने र कम मूल्यका लाईफ ज्याकेटहरूलाई बजार मूल्य भन्दा १० गुणा मंहगोमा खरिद गरी व्यापक भ्रष्टाचार भएको उजुरीमा उल्लेख छ । बिपत् व्यवस्थापन जस्तो जोखिम कार्यको बन्दोबस्तीको सामनमा समेत ठूलो कमिशनको खेल भएको हो ।

एआईजी केसी, डीआईजी थापा र डीआईजी अधिकारीको मिलोमतोमा कुनै सामन नै नहेरी चेकजाँच समेत नगरी प्राबिधकलाई समेत सामन हेर्न नदिए हस्ताक्षर गराएको स्रोतको दाबी छ । समान खरिद गर्नु अगाडी टेण्डर आह्वान नगर्ने हो भने प्राबिधिकको सहमती लिन आवश्यक थियो तर त्यो पनि नगरी खरिद समूहले कमिशनको लोभमा मनपरी तरीकाले सामन खरिद गरेको आरोप समेत छ ।
प्रशासन शाखामा बसेर अकुत सम्पत्ती थुपारेका डीआईजी अधिकारी त्यहि पैसाकै आडमा एक नम्बरमा डीआईजी बढुवा भएको चर्चा यतिखेर हलचोकमा चलेको छ । एआईजी केसी र डिआईजी थापालाई समेत संगठनमा विवादास्पद प्रहरी अधिकृतको रूपमा गणना गर्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय