बैंककमा साउन १ बाट लागु भयो नयाँ नियम, पैसा झिक्दा वा राख्दा प्रमाणित परिचय पत्र अनिवार्य



हाम्रो इकोनोमि

श्रावण १ गतेबाट बैकमा नयाँ नियम आएको छ । अहिले आफ्नै खातामा पैसा जम्मा गर्न पनि हस्ताक्षर प्रमाणित गर्नु पर्ने भएको छ भने अरुको खातामा रकम जम्मा गरिदिन नागरिकता, मतदाता परिचय पत्र, सवारी चालक अनुमति पत्र वा राहदानी जस्ता राज्यबाट प्रमाणित परिचय पत्र अनिवार्य चाहिने भएको छ ।

गत असार २५ गते राष्ट्र बैकंले मौद्रिक नीति जारी गरी । मौद्रिक नीतिको १२८औँ बुँदामा लेखिएको थियो । “नगद कारोबारबाट हुने जोखिम न्यूनिकरण गर्न रु. ३० लाखभन्दा बढीको कारोबार अनिवार्य रुपमा चेकमार्फत गर्नु पर्ने व्यवस्था रहेकोमा २०७४ साउन १ देखि १० लाख वा सो भन्दा बढीको रकम भुक्तानी गर्दा अनिवार्य रुपमा एकाण्टपेयी चेकमार्फत् गर्नुपर्ने व्यवस्था गरिएको छ ।”

त्यही व्यवस्थालाई टेकेर असार ३० मा बैकंहरुलाई परिपत्र गर्दै राष्ट्र बैकंले भन्यो “नेपाल सरकारको निर्णय अनुसार सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ४४ग. को उपदफा ९१० को प्रयोजनको लागि भन्दै आफ्ना गा्रहकका सबै गतिविधिको तथ्यगत प्रमाण राख्न आदेश दिइएको हो।

बैकंहरुमा राष्ट्र बैकंको परिपत्र पछि सुरु भएको कडाईको चुरो सम्पत्ति शुद्धीकरण विभागसंग जोडिएको छ । विभागका निर्देशक विनोद लामिछाने भन्छन “अबैध सम्पत्ति आर्जन र लगानीबारेको निश्चित सूचकहरु मध्ये बैकंहरु प्रमुख हुन । अबैध रुपमा पैसा कमाएर कुनै न कुनै काममा लगानी गर्न बैकंसम्म अपराधिक पृष्ठभूमीका मान्छेहरु पुग्ने भएकाले अभिलेख राख्न कडाई गरिएको हो ।”

निर्देशक लामिछाने थप्छन “बैकंहरुले हरेक ग्राहकको शंकास्पद सूचना राष्ट्र बैकं अन्र्तगतको वित्तिय सूचना इकाईमा दिनै पर्छ र त्यहाँबाट हामीकहाँ जानकारी आउने हो । मान्छेहरुको खराब नियतबाट धन आर्जन गर्ने बानीका कारण वर्तमान अवस्था सृजना भएको हो । यसले समुन्नत समाज निर्माण गर्न मद्धत गर्छ ।”

 

बैंकले पैसा राख्दा र झिक्दा परिचय पत्र माग्नु बैंकका लागि हैन, बचतकर्ताकै सुरक्षा र आधिकारिकताका लागि हो भन्ने बुझ्नुपर्छ । यसबाट देशमा अबैध बाटो ९हुण्डी०बाट भित्रने रकम र त्यो गलत ठाउँमा प्रयोग हुने प्रबृत्तिलाई पनि निरुत्साहित पार्दछ । अर्थतन्त्र स्वच्छ र परादर्शी भयो भने आखिरमा बलियो हुने त्यस देशका जनता नै हुन् ।

प्रतिक्रिया दिनुहोस
नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

प्रभु बैँकका ग्राहकलाई ससः त्वामा १५ प्रतिशतसम्म छुट

    प्रभु बैँक लिमिटेड र कीर्तिपुर नगरपालिका–३ सागलस्थित ससः त्वा हस्पिटालिटी प्रालिबिच...

प्रभु बैंकले ३ करोडसम्म घर कर्जा दिने

    प्रभु बैंक लिमिटेडले घर तथा सवारी साधन खरिदका लागि नयाँ होम...

माछापुच्छ्रे बैंकको डिसिइओमा पाँडे

    माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा कल्याणविक्रम पाँडे नियुक्त...