देउवालाई पेल्दै रामचन्द्र पौडेल,एआइजी बढुवामा आपत्ति जनाउदै खेल्दैछन अर्को खेल



नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पछिल्ला दिनमा पार्टीमा एकोहोरो पेल्दै गएको संकेत देखिन थालेको छ। पौडेलकै कारण २ महिना सम्म क्याबिनेट विस्तार गर्न नसकेर प्रधानमन्त्री शेर बहादुर देउवा आलोचित बन्नु पर्यो। बिगतमा देउवाले गिरिजा प्रसाद कोइरालालाई हत्तु परेकै स्टायलले यतिबेला देउवालाई पौडेलले पिना निस्कने गरि पेल्न थालेका छन। देउवालाई मात्र होइन पौडेलले कोइरालाहरुलाई पनि वास्ता गर्न छोडेका छन। आफ्नो गुटले पाएको ४ मन्त्रालयमा सबै आफ्ना हनुमानलाई पठाएको भन्दै उनको आलोचना हुन् थालेको छ। केहि समय पहिले सरकारले प्रहरीका डीआइजी लाई एआइजी बढुवामा मधु प्रसाद पुडासैनी लाई छुटाएको भनेर पौडेलले देउवाको झाँको झरेका छन।कांग्रेस काठमाडौँका कोषाध्यक्ष गोबिन्द पुडासैनीका भाइ मधुलाई बढुवा नगरेको भन्दै पौडेल आक्रोशित बनेका हुन्।गोबिन्द पौडेलका अति बिश्वशिला नेता हुन्।

पौडेलले पार्टीमा सभापतिले मनोनित गर्ने पद र मालदार ठाउमा हुने राजनीतिक नियुक्तीमा समेत भाग खोजेका छन। सम्धी र छोरालाई बिगतमा राजनीतिक नियुक्ती दिलाएका उनले अहिले पनि केहि आफन्त भर्ती गर्ने योजना बनाएको श्रोतको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
मतदान अझै शुरु हुन सकेन

  आठ गते अधिवेशन उदघाटन भोलिपल्ट नौ गते प्रज्ञाभवनमा नेतृत्व चयन प्रक्रिया अगाढि

रविना थापाद्वारा एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा

  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी) अध्यक्ष रविना थापाले सङ्घको आसन्न ११ औँ

‘गुगल’ले आज २५ औं वार्षिकोत्सव मनाउँदै

  ‘गुगल’ले आफ्नो सञ्चालनको २५ औं वार्षिकोत्सव मनाउँदैछ। गुगलले आज विशेष डुडलका साथ

मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

  एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको