म्यादी प्रहरीलाई जागिर दिन प्रचण्ड देउवा राजी,कति हजारले मर्ने भए बाजी



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचनमा परिचालित म्यादी प्रहरीलाई प्रदेश प्रहरीमा बदल्न तयार रहेको बताउदै राजनीतिक सहमतिका आधारमा निर्णय गराउने भएका छन ।
म्यादी प्रहरीका संयोजक कपिल थापा नेतृत्वको समूहले बुधवार ज्ञापनपत्र बुझाएको छ। ज्ञापनपत्र बुझ्दै प्रचण्डले म्यादी प्रहरीलाई प्रदेश प्रहरीमा बदल्न तयार रहेको संकेत गरेका हुन्।
काँग्रेस एमालेलाई पनि यो माग राख्नुस, राजनीतिक सहमतिमा म्यादी प्रहरीलाई प्रदेश प्रहरीमा बदल्न हाम्रो पार्टी तयार छ’, अध्यक्ष प्रचण्डले ज्ञापनपत्र बुझ्दै भने ।

प्रचण्डलाई ज्ञापनपत्र बुझाउन करीव ४५ जना म्यादी प्रहरी पेरिसडाँडा पुगेका थिए । ६ वटा प्रदेशमा भएको स्थानीय तहका लागि मुलुकभर ७५ हजार म्यादी प्रहरी परिचालन गरिएको थियो । संयोजक थापाका अनुसार काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि ज्ञापन पत्र बुझाइनेछ ।

‘देश संघीयतामा जाँदा न्युनतम पनि ४० हजार प्रदेश प्रहरी आवश्यक पर्ने निश्चितै छ । ती प्रदेश प्रहरीका लागि हामी जस्तै युवाहरुकै आवश्यता पर्ने हो । राज्यले हामीलाई तालिम दिएको छ,हामी माथि राज्यको ठूलो लगानी भइसकेको छ र हामीले पनि निष्पक्ष रुपमा स्थानीय तहको निर्वाचन गर्न सहयोग गरेर राज्यलाई केहि न केहि गुन लगाएकै छौ’ज्ञापनपत्रमा भनिएको छ, ‘हिजो हामी छनौट हुँदा कुनै पनि आग्रह पूर्वाग्रका आधारमा नभई स्वस्फुर्त रुपमा छनौट भएका छौ र भोलीका दिनमा समेत विना कुनै पूर्वाग्रह राष्ट्र र जनताको सेवामा समर्पित हुने नै छौ । हामी हाल म्यादीबाट अवकाश भएका म्यादी प्रहरीहरुलाई प्रदेश प्रहरीमा समायोजन गरी राष्ट्रको सेवा गर्ने अवसर प्रदान गरिदिनु हुन यो माग पत्र पेश गरेका छौ ।’

आफ्ना माग र समस्याको समाधान कुनै पनि किसिमले दबाबमुलक कार्यक्रमका माध्यमबाट नभई आपसी छलफल,सम्वाद र सहमतिबाटै हुनेमा म्यादी प्रहरीले आशा व्यक्त गरेका छन् । म्यादी प्रहरीलाई प्रदेश प्रहरीमा नियुक्त गर्न प्रधानमन्त्री पनि सकारात्मक छन। एमालेले भने कुनै प्रतिक्रिया जनाएको छैन ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय