भू-माफियाको तोडिने भयो संयन्त्र, मन्त्रीले सुनाए सबैलाई धनी बनाउने यस्तो मन्त्र



भूमिसुधार मन्त्री गोपाल दहितले धनी र गरिब दुवैको हित हुने गरी भूमि सुधार गर्ने बताएका छन् । मन्त्री दहितले भूमि नीति र ऐनहरु परिमार्जन गरेर सबैलाई धनी बनाउने बताएका हुन् । दोश्रो पटक भुमि सुधार मन्त्री बनेका दहितले आज बिहान एक रेडियो लाइ अन्तर्वार्ता दिदै सो कुरा बताएका हुन्।

सबैलाई आधारभूत आवश्यकता परिपूर्ति गर्न सक्ने भूमि नीति ल्याउने मन्त्री दहितको दाबी छ । मुक्त कमैया, कमैया, सुकुम्बासी, कमलरी, हरुवा, चरुवा लगायतको आधारभूत आवश्यकता पूरा गर्दै ठूला व्यवसायका समस्या पनि समाधान गर्ने योजना रहेको मन्त्री बताए ।

उद्योग व्यवसाय गर्नेका लागि समेत नयाँ नीति हितकर हुने दाबी गर्दै मन्त्री दहितले भने, “हदबन्दीभन्दा बढि जग्गा राज्यलाई कर तिर्दै उपभोग गर्न पाउनेसम्मको नीति बनाउने मेरो प्राथमिकतामा छ ।”
भूमाफियाहरुलाई नियन्त्रण गरेर कानुनी दायरामा ल्याउने समेत दहितको दाबी छ । उनले भने, “ आजैदेखि दिन गन्नुस्, मेरो कार्यकालभित्रमा भू माफियाहरु नियन्त्रित हुनेछन् ।” अबका दिनमा भू माफियाहरुको दिवा सपना पूरा नहुने चेतावनी मन्त्री दहितले दिएका छन् । फोरम लोकतान्त्रिक बाट दहित मन्त्री बनेका हुन्।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेको बयान सकियो

  पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

एनपीएल विजेता जनकपुर बोल्ट्सका खेलाडीलाई नगर परिक्रमा

    नेपाल प्रिमियर लिग (एनपीएल) फर्स्ट सिजनका च्याम्पियन जनकपुर बोल्ट्सका खेलाडीहरूलाई आज

तीन विश्वविद्यालयका उपकुलपतिले लिए सपथ

    प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरुले आज पद

आजको विदेशी मुद्राको विनिमय दर कति छ हेर्नुहोस्

  नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।