मोबाइलमा नेपालीको दैनिक खर्च १८ करोड, आधाभन्दा बढी काठमाडौं उपत्यकामा



हाम्रो इकोनोमि

बिहान बेलुकाको दुई छाक टार्न धौ–धौ पर्ने मुलुकमा दैनिक कम्तीमा १८ करोड रूपैयाँ मोबाइलमा खर्च हुने गरेको तथ्यांक बाहिर आएको छ। मुलुकभर कार्ड र अनलाइनबाट गरेको रिचार्जमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकामा मात्र हुने गरेको छ।

मुलुकका दुई ठूला मोबाइल प्रदायक कम्पनीमध्ये एक नेपाल टेलिकमका ग्राहकले दिनमा नौ करोड रुपैयाँ खर्च गरेको देखिएको छ। टेलिकमका अनुसार उसलाई गत आवको नौ महिनामा मोबाइल रिचार्जमा २४ अर्ब ३८ करोड रुपैयाँ आम्दानी भएको छ। यो दैनिक औसत नौ करोड रुपैयाँभन्दा बढी हो।

अर्को ठूलो मोबाइल सेवा प्रदायक एनसेलको वार्षिक आम्दानी हेर्दा ग्राहकले अझै धेरै खर्च गरेको देखिन्छ। दुबै कम्पनीका ग्राहकले गरेको खर्च जोड्दा १८ करोडभन्दा बढी हुन्छ। मुलुकभर ६ वटा दुरसञ्चार सेवा प्रदायक कम्पनी भए पनि अरू चार वटाको कारोबार धेरै छैन।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...