काठमाडौँ महानगरका मेयरले ब्यापारी लखेटे



हाम्रो इकोनोमि

नेपालको सबैभन्दा पुरानो महानगरपालिकामा अहिले घरबहाल कर अन्तर्गत् उठाउँदै आएको २ प्रतिशतको करलाई १२ प्रतिशत बनाएपछि अहिले काठमाडौं महानगरपालिकाका व्यवसायीहरु काठमाडौंको विकल्प खोज्न थालेका छन् । सँगैको ललितपुर महानगरपालिकाले अहिले बहालकर २ प्रतिशत मात्रै उठाउँदै आएको छ । त्यसमा पनि एक वर्ष भरीको लागि व्यवसाय गर्नेहरुले त १० प्रतिशतसम्म कर छुट समेत पाउने भएका छन् । गत, असार ३१ गते महानगरपालिकामा आयोजित एक समारोहकाबीच प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आर्थिक वर्ष २०७४/७५ लाई कर वर्षको रुपमा घोषणा गरेर उक्त वर्ष भरी नै मालपोत कर, घरजग्गा कर र व्यवसाय करमा १० प्रतिशत छुट दिन प्रस्ताव गरिएको महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए ।

साथैं विगतका वर्षहरुका बक्यौतामा १० प्रतिशत छुट गरी जरीवाना समेत मिनाहा गर्ने घोषणा महानगरपालिकाले गरिसकेको छ । त्यस्तै, कम्तिमा ५ हजार वर्गफिटसम्मको भवनलाई आवासीय भवन मानिने र ग्राउण्ड कभरेज १५ सय वर्ग फिटभन्दा बढी वा ५ हजार वर्गफिट भन्दा बढी आवाशीय क्षेत्रमा निर्माण भएको भए पनि व्यापारी सरह नै कर लिने नीति पनि ललितपुरको छ ।

यी दुबै महानगरपालिकाले पहिलो नगरसभाबाट १२ प्रतिशत घर बहालकर उठाउने निर्णय गरिसकेको भएपनि अहिले काठमाडौं महानगरपालिकाले मात्रै १२ प्रतिशत कर उठाउँदै आएको छ । त्यसमा आन्तरिक राजश्वलाई तिर्ने १० प्रतिशत थप कर तिर्दा काठमाडौं महानगरबासीले अहिले बहालबापत २२ प्रतिशत कर तिर्नुपरिरहेको छ । यसले गर्दापनि १० प्रतिशत बहालकर र व्यवसायमा पाईने विभिन्न छुटहरुको लागि समेत पनि काठमाडौंका व्यवसायीहरु ललितपुर तर्फ स्थानान्तरण हुने सम्भावना बढेको छ ।

काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुख ईश्वर पौडेलले यसले महानगरबासीलाई समस्या परेको भन्दै यसको समाधानको लागि यो साताभित्रै अर्थमन्त्रालयका राजश्व सचिवसँग वार्ता गरिने बताए । उनले आन्तरिक रावश्वले उठाएको १० प्रतिशत कर महानगरपालिकाकै कार्यक्षेत्रभित्र पर्ने भन्दै त्यो कर आन्तरिक राजश्व विभागले उठाउन छाड्ने बताए । कर जसले उठाएपनि करदातालाई समस्या पर्न नहुने भन्दै यसको समाधानको लागि आफूहरुले पनि पहल गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...

बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

  बागलुङमा अविरल वर्षापछि आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने...

राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...