काठमाडौँ महानगरका मेयरले ब्यापारी लखेटे



नेपालको सबैभन्दा पुरानो महानगरपालिकामा अहिले घरबहाल कर अन्तर्गत् उठाउँदै आएको २ प्रतिशतको करलाई १२ प्रतिशत बनाएपछि अहिले काठमाडौं महानगरपालिकाका व्यवसायीहरु काठमाडौंको विकल्प खोज्न थालेका छन् । सँगैको ललितपुर महानगरपालिकाले अहिले बहालकर २ प्रतिशत मात्रै उठाउँदै आएको छ । त्यसमा पनि एक वर्ष भरीको लागि व्यवसाय गर्नेहरुले त १० प्रतिशतसम्म कर छुट समेत पाउने भएका छन् । गत, असार ३१ गते महानगरपालिकामा आयोजित एक समारोहकाबीच प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आर्थिक वर्ष २०७४/७५ लाई कर वर्षको रुपमा घोषणा गरेर उक्त वर्ष भरी नै मालपोत कर, घरजग्गा कर र व्यवसाय करमा १० प्रतिशत छुट दिन प्रस्ताव गरिएको महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए ।

साथैं विगतका वर्षहरुका बक्यौतामा १० प्रतिशत छुट गरी जरीवाना समेत मिनाहा गर्ने घोषणा महानगरपालिकाले गरिसकेको छ । त्यस्तै, कम्तिमा ५ हजार वर्गफिटसम्मको भवनलाई आवासीय भवन मानिने र ग्राउण्ड कभरेज १५ सय वर्ग फिटभन्दा बढी वा ५ हजार वर्गफिट भन्दा बढी आवाशीय क्षेत्रमा निर्माण भएको भए पनि व्यापारी सरह नै कर लिने नीति पनि ललितपुरको छ ।

यी दुबै महानगरपालिकाले पहिलो नगरसभाबाट १२ प्रतिशत घर बहालकर उठाउने निर्णय गरिसकेको भएपनि अहिले काठमाडौं महानगरपालिकाले मात्रै १२ प्रतिशत कर उठाउँदै आएको छ । त्यसमा आन्तरिक राजश्वलाई तिर्ने १० प्रतिशत थप कर तिर्दा काठमाडौं महानगरबासीले अहिले बहालबापत २२ प्रतिशत कर तिर्नुपरिरहेको छ । यसले गर्दापनि १० प्रतिशत बहालकर र व्यवसायमा पाईने विभिन्न छुटहरुको लागि समेत पनि काठमाडौंका व्यवसायीहरु ललितपुर तर्फ स्थानान्तरण हुने सम्भावना बढेको छ ।

काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुख ईश्वर पौडेलले यसले महानगरबासीलाई समस्या परेको भन्दै यसको समाधानको लागि यो साताभित्रै अर्थमन्त्रालयका राजश्व सचिवसँग वार्ता गरिने बताए । उनले आन्तरिक रावश्वले उठाएको १० प्रतिशत कर महानगरपालिकाकै कार्यक्षेत्रभित्र पर्ने भन्दै त्यो कर आन्तरिक राजश्व विभागले उठाउन छाड्ने बताए । कर जसले उठाएपनि करदातालाई समस्या पर्न नहुने भन्दै यसको समाधानको लागि आफूहरुले पनि पहल गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्