बर्दिया जिल्लाले देउवा सरकारमा तीन क्याबिनेट मन्त्री पाउने पक्का पक्की भएको छ। कांग्रेसका संजय गौतम माओबादीका सन्तराम थारु र फोरम लोकतान्त्रिकका गोपाल दहित देउवा क्याबिनेटमा समेटिने भएका छन। बर्दिया २ बाट प्रत्यक्ष चुनाब जितेका गौतम पहिलो पटक मन्त्री बन्न लागेका हुन् भने थारु पनि पहिलो पटक मन्त्री बन्न लागेका हुन् । दहित राजाको सरकारका सहायक मन्त्री हुदै प्रचण्ड सरकारमा भूमिसुधार मन्त्री बनेका थिए अहिले पनि उनी सोहि मन्त्रालय सम्हाल्दै छन।