पाँच तले भवन भत्किदा सत्र जनाको मृत्यु



हाम्रो इकोनोमि

भारतको एक ठूलो सहर मुम्बइको उत्तरतर्फ मङ्गलबार भत्किएको एक पाँच तले भवनमा परी मृत्यु हुनेको सङ्ख्या १७ पुगेको समाचार छ ।

उद्वारकर्मीहरुले उद्वारको कार्य जारी नै राखेका छन् । उनीहरुले बुधबार बिहानसम्म भत्किएको भवनको भग्नावशेषबाट १७ व्यक्तिको शव निकालेका बताएका छन् ।

मुम्बईको विपद व्यवस्थापन सम्बन्धी कार्यालयका प्रवक्ता तनाजी काम्बलेले भन्नुभयो– १७ जनाको शव निकालिएको छ र अरु २८ जनालाई जिवीतै उद्वार गरी निकालिएको छ ।

भत्किएको घरको भग्नाबशेषबाट निकालिएका २८ जनामध्ये अधिकांशको अवस्था गम्भीर छ । गम्भीर घाइते र अचेत अवस्थामा रहेका उनीहरुलाई उपचारको लागि अस्पताल भर्ना गरिएको छ ।

उक्त घटनामा ३० जनाभन्दा बढी अन्य व्यक्ति फसेको अनुमानका आधारमा मङ्गलबार बिहान सो दुर्घटना भएदेखि नै उद्वारकार्य तिब्र बनाइएको थियो । उनीहरूको उद्वारका लागि आवश्यक प्रयास जारी राखिएको प्रकोप व्यवस्थापन विभाग मुम्बईले बताउदै आएको छ ।

मुम्बईको अग्नि नियन्त्रण कार्यायलका एक अधिकारी पि रहाङदेलका अनुसार यस दुर्घटनाको उद्वारकार्य मङ्गलबारदेखि बुधबार बिहानसम्म निरन्तर रहेको र जिवीतै उद्वारको आशमा उद्वारकर्मीहरु निकै खटेका थिए ।

भारतमा यसरी भवन भत्किएर हुने दुर्घटना पछिल्लो समय सामान्यजस्तै बन्दै गएको छ । भारतको भौतिक संरचना निर्माण विज्ञले भवन बनाउने क्रममा भवन निर्माण नियमलाई पालना नगर्नुका साथै गुणस्तरीय सामग्रीको कम प्रयोगका कारण भवन भत्किने गरेका बताएका छन् ।

भारतको मुम्बई सहरमै सन् २०१३ र २०१५ मा समेत भवन भत्किएर ७० जना भन्दा बढीको ज्यान गएको थियो । सरकारले यस्ता दुर्घटनाहरुको अनुसन्धान गरी कारबाही गर्न आदेश दिने गरेको भए पनि पुराना भवनहरुका कारण यहाँ बारम्बार यस्तो दुर्घटना हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...

संसद् पुनर्स्थापना नै लोकतन्त्र फर्काउने उपाय : राजन भट्टराई

    नेकपा (एमाले) का सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा...

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले

    नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले...