पाँच तले भवन भत्किदा सत्र जनाको मृत्यु



हाम्रो इकोनोमि

भारतको एक ठूलो सहर मुम्बइको उत्तरतर्फ मङ्गलबार भत्किएको एक पाँच तले भवनमा परी मृत्यु हुनेको सङ्ख्या १७ पुगेको समाचार छ ।

उद्वारकर्मीहरुले उद्वारको कार्य जारी नै राखेका छन् । उनीहरुले बुधबार बिहानसम्म भत्किएको भवनको भग्नावशेषबाट १७ व्यक्तिको शव निकालेका बताएका छन् ।

मुम्बईको विपद व्यवस्थापन सम्बन्धी कार्यालयका प्रवक्ता तनाजी काम्बलेले भन्नुभयो– १७ जनाको शव निकालिएको छ र अरु २८ जनालाई जिवीतै उद्वार गरी निकालिएको छ ।

भत्किएको घरको भग्नाबशेषबाट निकालिएका २८ जनामध्ये अधिकांशको अवस्था गम्भीर छ । गम्भीर घाइते र अचेत अवस्थामा रहेका उनीहरुलाई उपचारको लागि अस्पताल भर्ना गरिएको छ ।

उक्त घटनामा ३० जनाभन्दा बढी अन्य व्यक्ति फसेको अनुमानका आधारमा मङ्गलबार बिहान सो दुर्घटना भएदेखि नै उद्वारकार्य तिब्र बनाइएको थियो । उनीहरूको उद्वारका लागि आवश्यक प्रयास जारी राखिएको प्रकोप व्यवस्थापन विभाग मुम्बईले बताउदै आएको छ ।

मुम्बईको अग्नि नियन्त्रण कार्यायलका एक अधिकारी पि रहाङदेलका अनुसार यस दुर्घटनाको उद्वारकार्य मङ्गलबारदेखि बुधबार बिहानसम्म निरन्तर रहेको र जिवीतै उद्वारको आशमा उद्वारकर्मीहरु निकै खटेका थिए ।

भारतमा यसरी भवन भत्किएर हुने दुर्घटना पछिल्लो समय सामान्यजस्तै बन्दै गएको छ । भारतको भौतिक संरचना निर्माण विज्ञले भवन बनाउने क्रममा भवन निर्माण नियमलाई पालना नगर्नुका साथै गुणस्तरीय सामग्रीको कम प्रयोगका कारण भवन भत्किने गरेका बताएका छन् ।

भारतको मुम्बई सहरमै सन् २०१३ र २०१५ मा समेत भवन भत्किएर ७० जना भन्दा बढीको ज्यान गएको थियो । सरकारले यस्ता दुर्घटनाहरुको अनुसन्धान गरी कारबाही गर्न आदेश दिने गरेको भए पनि पुराना भवनहरुका कारण यहाँ बारम्बार यस्तो दुर्घटना हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...