यी हुन् देउवाले मुन्टो बटार्दा बाढीले उछिट्याएको माछा झै बनेका सांसद



महादेवलाइ फन्को मर्दा बरु पुण्य प्राप्त हुन्थ्यो होला तर शक्तीकेन्द्रको फन्को मार्दा करोडौ स्वाहा पनि भयो झन्डा सहितको गाडी चढेर दुनियालाइ देखाउने रहर त्यतिकै सेलायो। चाकडी र पैसाको बलमा राजयोग किनेर भुइँमा न भाडामा भएका हरुको यतिबेला दयनिय अवस्था छ।कसै कसैले लैनचौरको भारतीय दुताबासको गेट सम्म पुर्याईदिएकै भरमा राज्य मेरै हो भन्ने एक जना बुज्रुक यो पाला नराम्ररी ठेगान लागेका छन।

बिगतमा सुशील कोइरालालाइ गाडी उपहार दिएका संखुवासभाका दिपक खड्का पैसा पेलेकै भरमा सांसदको टिकट लिएर साम्सद बन्न सफल भए । चाकडी गर्नमा माहिर उनि राज्यमन्त्री पनि भए। देउवा सरकारमा फुल मन्त्री बन्न गर्न हुने नहुने सबै गरे तर पनि उनी मन्त्री बन्न नसक्ने अवस्थामा पुगेका छन। प्रधानमन्त्री पत्नी आरजुलाई बनारसी साडी दिने देखि एकजना चल्तापुर्जा पत्रकारलाई गाडी दिदा पनि फुलमन्त्रीको गाडी नपाएका खड्का यतिबेला झोक्राएर बसेका छन। प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि मन्त्री बन्नैका लागि क्याम्प परिवर्तन गर्नेहरु धेरै थिए । तिनै मध्येका एक दिपक खड्का पनि हुन्। तर अहिले उनी बाढीले उछिट्याएको माछा झै बनेका छन् ।

हुन् त खड्काले अलि पगितो पहुच देखाए पछि उनको नाम सुन्ने बित्तिकै देउवाले मुन्टो बटार्दा उनी लिष्टमै परेनन् । भारतीय दुताबास बाट आफ्नो सिफारिस गराउदै देउवाको दिमाग खराब गराए पछि खड्का आउट भएको कांग्रेस वृतमा चर्चा छ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय