२१ अर्बको काण्ड १५ करोडमा मिलाईदै, चूडामणीले यसरी पाउदैछन् उन्मुक्ती,छुटाउन कसले लगायो यस्तो जुक्ती?



हक्की प्रधानन्यायाधीशको परिचय बनाएर अवकाश पाएकी सुशिला कार्कीले न्यायालय राजनीतिक र आर्थिक प्रभाव रहेको बताएकी थिइन्।हुन पनि पैसाले न्याय खरिद हुने गरेको तथ्य समयक्रममा बाहिरिदै आएको पनि छ। पछिल्लो समयमा त्यहि अदालतले सेटिंग मिलाएर २१ अर्ब राजस्व छलेको आरोप लागेका मतियारलाइ उन्मुक्ती दिने चालबाजी रचेको फेला परेको छ। अर्बौं भ्रष्टाचार काण्डमा मुछिएका आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मा बचाउनका लागि अदालतमा त्यहि खेल सुरू भएको छ ।

चुडामणिले अदालतमा मिलाउन १५ करोड खर्च गर्न लागेका छन् । अदालतदेखि अन्य ठाउँको सेटिङ मिलाउन केही वकिलहरू शक्तिकेन्द्रमा समेत धाइरहेको बुझिएको छ । अकुत सम्पत्ति आर्जन गरेका आन्तरिक राजश्व विभागका शर्मा कर फस्र्यौटमा २१ अर्ब ठगी गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट पक्राउ परी अदालतसम्म पुराइएका छन् । उनि अहिले अख्तियारको हिरासतमा बसेर हिसाबकिताब मिलाउदै छन।

राजस्व निर्धारणमा अनियमितता गरेको आरोपमा ‘अनुसन्धानरत विषयमा प्रमाण नष्ट गर्नसक्ने’ आशंकामा शर्मालाई पक्राउ गरेको थियो । अख्तियारको गिरफ्तारीसँगै सचिव हुने रोलक्रममा रहेका विवादास्पद पृष्ठभूमीका शर्मा निलम्बित छन् । शर्मालाइ अदालतमा मिलाएर उन्मुक्ती दिलाउन वकिल भीमार्जुन आचार्य ज्यान फालेर लागेका छन । भीमार्जुनका नजिकका साथी मात्र सर्बोच्चमा ६ जना भन्दा बढी छन्। अर्कातिर प्रधानमन्त्री शेरबहादुर देउवाका अति बिश्वशिला पात्र खम्म बहादुर खाती बारको महासचिब छन।उनै खातीलाइ आचार्यले प्रयोग गरेर देउवालाइ समेत प्रभावमा परेका छन । देउवाले तँ तँ र म म गर्ने प्रधानन्यायाधिश गोपाल पराजुली लाइ समेत मिलाउन आदेश दिइ सकेको बुझिएको छ।अर्कातिर चुडामणि शर्मा संगै कांग्रेसका रामशरण महत र माओबादीका कृष्ण बहादुर महरा समेत तानिने भएपछी सत्ताधारी दलका नेताले पराजुलीलाई जसरि पनि मिलाउन बिन्ती विसाइसकेका छन।

 

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय